रोहित चन्द

रोहित 'साताको उत्कृष्ट ११' मा पर्न सफल

काठमाडौं । पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियन लिग वानमा ‘साताको उत्कृष्ट ११’ खेलाडी भित्र पर्न सफल भएका छन् ।

इण्डोनेसियाको शीर्ष लिगमा प्रभाव जमाइरहेको रोहित जकार्ताबाट यस साता उत्कृष्ट ११ मा पर्ने एक मात्र खेलाडी हुन् ।

शुक्रबार टिरा-पर्सिकाबोविरुद्धको खेलमा निर्णायक गोल गरेका रोहित गत महिना पनि साताको उत्कृष्ट ११ खेलाडी भित्र पर्न सफल भएका थिए ।

उनी सो खेलमा अफ दी म्याच घोषित भएका थिए ।

जकार्ताले लिग वानमा मंगलबार पिएसमसँग खेल्दैछ । १५ खेलमा २१ अंक जोडेको जकार्ता तालिकाको नवौं स्थानमा छ । पिएसम भने १९ अंकका साथ दशौं स्थानमा छ ।