एसेस शृंखला

एसेस शृंखलाअन्तर्गतको पाँचौ टेस्ट पर्थमा नहुने

सिड्नी । एसेस शृंखलाअन्तर्गत पर्थमा हुने भनिएको पाँचौ टेस्टको खेल स्थाल सर्ने भएको छ ।

कोभिड १९ महामारी नियन्त्रणका लागि पश्चिमी अस्ट्रेलिया सरकारले सीमा प्रतिबन्ध तथा अन्य कडा नियम जारी राखेका कारण पाँचौं टेस्ट सारिएको सोमबार अस्ट्रेलिया क्रिकेट (सिए) ले पुष्टि गरेको हो ।

‘शृंखलाको अन्तिम टेस्ट खेल पर्थमा आयोजना गर्न हरसम्भव प्रयास गरिए पनि सीमा नियन्त्रण, क्वारेन्टिन र अन्य प्रतिबन्धहरुका कारण सम्भव हुन सकेन,’ सिएले विज्ञप्तीमा भनेको छ, ‘यी प्रतिवन्धहरुले खेलको अर्को स्थान सहजै तय नहुने समेत देखाएको छ । पाँचौ टेस्ट हुने स्थान परिर्वतन गर्ने विषय छलफलको क्रममा छ ।’

एसेस शृंखलाअन्तर्गत इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको पहिलो टेस्ट ब्रिसबेनमा बुधबारदेखि सुरु हुँदैछ ।