इङ्लिस प्रिमियर लिग

फ्रेड टोलीका लागि आशाको किरण बनेको छन्ः रागनिक

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत क्रिस्टल प्यालेसविरुद्ध जित दर्ता गर्दा निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले फ्रेड टोलीका लागि आशाको किरण बनेको बताएका छन् ।  

फ्रेडले ७७औं मिनेटमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको थियो ।

‘मलाई लाग्छ सबैजना फ्रेडलाई माया गर्छन् र गर्न आवश्यक पनि छ । मैले पछिल्लो दुई दिनदेखि मात्रै फ्रेडलाई बुझ्ने मौका पाएको छु तर उनी टोलीका लागि आशाको किरण बनेका छन्,’ रागनिकले भने ।  

फ्रेडले यो सिजन प्रिमियर लिगका १२ खेलमा दुई गोल गरेका छन् । सन् २०१८ मा म्यानचेस्टर युनाइटेड अनुवन्धित भएका मिडफिल्डर फ्रेडले ८८ खेलमा चार गोल गरेका छन् ।