टेस्ट

न्युजिल्यान्डमाथि भारतको रबाफ

दिल्ली । भारतले सोमबार न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा ३ सय ७२ रनको फराकिलो जित हात पारेको छ । 

१४०-५ बाट चौथो दिनको खेल सुरुआत गरेको न्युजिल्यान्डले थप २७ रन जोड्दा बाँकी पाँच विकेट गुमाएको थियो ।

न्युजिल्यान्डलाई सस्तोमा सीमित पार्ने क्रममा भारतका रविचन्द्रन अश्विनले २२.३ ओभरमा ३४ रन खर्चदै चार र जयन्त यादवले १४ ओभरमा ४९ खर्चदै चार विकेट लिएका थिए । 

यसअघि भारतले पहिलो इनिङमा तीन सय २५ रन बनाएको थियो । पहिलो इनिङमा न्युजिल्यान्डका स्पिनर अजाज पटेलले १० विकेट लिएका थिए ।

तर न्युजिल्यान्ड पहिलो इनिङमा मात्र ६२ रनमा सीमित भएपछि भारतले दुई सय ६३ रनको अग्रता लिएको थियो ।

भारतले  २७६-७ मा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि न्युजिल्यान्डले जितका लागि ५ सय ४०  रनको विशाल लक्ष्य पाएको थियो ।

भारतले दुई खेलको शृंखला १–० ले जितेको छ । यसअघि गत साता सम्पन्न पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।