फ्रेन्च लिग वान

रियाल जान नपाउँदा निराश छुः एमबाप्पे

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले अफ सिजन ट्र्रान्सफरमा स्पेनिस ला लिगा महारथी रियाल मड्रिडमा अनुबन्धन हुन नपाउँदा आफू निराश भएको बताएका छन् ।

यसै सिजनको अन्त्यसँगै एमबाप्पे र पिएसजीको सम्झौता अन्त्य हुँदैछ । रियालले पछिल्लो केही सिजनदेखी एमबाप्लेलाई अनुबन्धन गर्न इच्छुक रहेको बताउँदै आएको छ ।

 एमबाप्पेले पनि रियाल जाने आफ्नो बाल्यकालदेखीको सपना रहेको बताउँदै आएका छन् । पिएसजी भने तत्काल एमबाप्पेसँगको सम्झौता अन्त्य गर्ने पक्षमा छैन । 

पिएसजी थप केही सिजन एमबाप्पेलाई क्लबमै बसेको हेर्न चाहन्छ । रियाल यस सिजनको अन्त्यसँगै एमबाप्पेलाई फ्रि ट्र्रान्सफरमा अनुबन्धन गर्ने लक्ष्यमा रहेको छ ।

‘म रियाल जान नपाउँदा निराश छु,’ एमबाप्पेले भने, 'यो सहज छैन । तर जे भएपनि म मेरो बाल्यकालदेखीको सपना पूरा गर्न रियालजस्तो महान क्लबबाट खेल्नेछु । म पेरिसमा पनि रमाइरहेको छु तर म पेरिस बाहिर पनि खेल्नसक्छु भन्ने प्रमाणित गर्न चाहन्छु ।
एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजीमा अनुबन्धन भएका थिए । त्यसयता उनले पिएसजीबाट तीन पटक फ्रेन्च लिग वानको उपाधि जितेका छन् ।