काठमाडौं । विकेट किपर ऋषभ पन्तले भारतीय टेस्ट टोलीमा पुनरागमन गरेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गर्दा ऋषभलाई पनि सामावेश गरिएको छ ।
सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनापछि पन्त पहिलो पटक टेस्ट टोलीमा परेका हुन् ।
यसैगरी तीव्र गतिका बलर यश दयालले पहिलो पटक टेस्ट टोलीमा मौका पाएका छन् । यसअघि भारतको टोलीमा रहेका रजत पाटिदार, केएस भरत, देवदत्त पडिकल, वासिङ्टन सुन्दर र मुकेश कुमारलाई भने बाहिर राखिएको छ ।
भारतले घरेलु मैदानमा बंगलादेविरुद्ध दुई खेलको टेस्ट शृंखला खेल्दैछ । पहिलो टेस्ट सेप्टेम्बर १९ देखि चेन्नइ तथा दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि कानपुरमा सुरु हुनेछ ।
भारतीय टोली
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त, ध्रुव जुरेल, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाश दीप, जसप्रित बुमराह, यश दयाल