चैत्र १६, २०८२ सोमबार | १७:१८:२५
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

बंगलादेशसँग हारेपछि पाकिस्तानलाई पीडै पीडा

काठमाडौं । पाकिस्तानी क्रिकेटमा पछिल्लो समय केही पनि राम्रो भइरहेको थिएन् । अझ त्यसमा एउटा अर्को पीडा थपिएको छ, बंगलादेशविरुद्धको हार ।

भर्खर पाकिस्तानले बंगलादेशसँग दुई टेस्टको सिरिज खेलेको छ र त्यसको नतिजा स्तब्धपूर्ण नै रह्यो । पाकिस्तानले घरमै दुवै टेस्ट गुमायो र ह्वाइटवास बेहोर्न बाध्य रह्यो ।

खासमा पाकिस्तानका लागि यो असहय नतिजा नै हो । त्यसैले केही पुराना खेलाडीले भन्न थालेका छन्, यो त हुँदै भएन् ।

अझ सबैभन्दा डरलाग्दो तथ्य त के भने पाकिस्तानले पछिल्लो समय घरमा खेलेका १० टेस्टमध्ये ६ मा हार बेहोरेको छ । यो त साँच्चै अति नै भयो नि । त्यसैले चारैतर्फ आक्रोस पनि देखिन थालेको छ ।

पाकिस्तानी क्रिकेटका सबैभन्दा ठूलो नाममध्ये एक जावेद मियाँदादले भनेका छन्, ‘अहिले हाम्रो क्रिकेट जहाँ छ, त्यसलाई लिएर साह्रै दुःख छ । सिरिज जितका लागि बंगलादेशलाई त्यसको श्रेय पनि दिनै पर्छ । तर जसरी हाम्रो ब्याटिङको स्तर तल झरेको छ, यो असाध्यै खराव लक्षण हो । खेलाडीमा आत्मविश्वास नै देखिन्न ।’

पूर्व कप्तान समेत रहेका मियाँदादले खेलडीको खराव प्रदर्शनपछि अनिश्चित पाकिस्तानी क्रिकेटलाई पनि दोष दिएका छन् । उनको तर्क हो, पाकिस्तानी क्रिकेट बोर्ड आफै एकपछि अर्को उतारचढावबाट गुज्रिरहको छ ।

त्यसको सिधा सिधा असर खेलाडीमा पर्न थालेको छ । पाकिस्तानका अर्का कप्तान इन्जमाम–उल–हक पनि मान्छन्, बंगलादेशविरुद्धको हारले गलत सन्देश दिन्छ ।

उनी भन्छन्, ‘घरमा खेल्दा जितको सम्भावना सधैं बढी हुन्छ । तर पछिल्लो समय पाकिस्तानी क्रिकेटले घरमै जित्न सकिरहेको छैन् ।’

यस्तै अर्का लिजेन्डरी ब्याटर युनिस खान भन्छन्, ‘मलाई लाग्छ, अहिले पाकिस्तानी खेलाडी मानसिक रूपमा धेरै कमजोर देखिएका छन् । यो समस्याबाट चाँडै मुक्त हुन आवश्यक छ ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो