काठमाडौं । भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ)ले श्रीलंका भ्रमणका लागि टोली घोषणा गरेको छ । रोहित शर्माले एकदिवसीय र सूर्यकुमार यादवले ट्वान्टी-२० टोलीको कप्तानी सम्हाल्ने छन् ।
रोहितले विश्वकपपछि ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषण गरेपछि बिसिसीआइ नयाँ कप्तानको खोजीमा थियो ।
अलराउन्डर हार्दिक पाण्ड्यले नयाँ कप्तान बन्ने अनुमान गरिए पनि सूर्यकुमारले जिम्मेवारी पाए । सूर्यकुमारले यसअघि पनि भारतीय टोलीको कप्तानी गरिसकेका छन् ।
उनको कप्तानीमा भारतले सात खेल खेल्दा पाँच जित र दुई हारको नतिजा निकालेको थियो ।
भारतले श्रीलंका गएर समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका छ । ट्वान्टी-२० शृंखला जुलाई २७ देखि ३० र एकदिवसीय शृंखला अगस्ट २ देखि ७ सम्म हुनेछ ।
भारतीय ट्वान्टी-२० टोली
सूर्यकुमार यादव कप्तान, यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, शुभमन गिल (उपकप्तान), हार्दिक पाण्ड्य, शिवम दुबे, अक्षर पटेल, ऋषभ पन्त (विकेटकिपर) वाशिंगटन सुन्दर, रवि बिश्नोइ, अर्शदीप सिंह, खलील अहमद,सञ्जु स्यमसन (विकेटकिपर), मोहम्मद सिराज
भारतीय एकदिवसीय टोली
रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अय्यर, शिवम दुबे, केएल रहुल (विकेटकिपर) कुलदीप यादव, मोहम्मद सिराज, वाशिंगटन सुन्दर, शुभमन गिल ( उपकप्तान), अर्शदीप सिंह, अक्षर पटेल, खलील अहमद, ऋषभ पन्त (किकेटकिपर), रियान पराग, हर्षित राना