ट्वान्टी २० विश्वकप

अस्ट्रेलियालाई पाकिस्तानको एक सय ७७ रनको लक्ष्य

दुबई । ओपनर मोहम्मद रिजवान र फखर जमानको अर्धशकतप्रेरित पाकिस्तानले आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अस्ट्रेलियालाई एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

बिहिबार दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका जमानले अविजित  ५५  रन बनाए । पाकिस्तानका  लागि ओपनर तथा कप्तान बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ७१ रनको साझेदारीका साथ उत्कृष्ट सुरुआत दिलाएका थिए ।

रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । 

बाबरले ३९ रन बनाए । बाबरले ३४ बलमा पाँच चौका प्रहार गरे ।