ट्वान्टी २० विश्वकप

टस जितेर अस्ट्रेलिया फिल्डिङमा

दुबई । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

पाकिस्तान प्रतियोगितामा स्वभाविक लयको निरन्तरताका साथ फाइनलमा स्थान बनाउन चाहन्छ ।

अस्ट्रेलिया पाकिस्तानमाथिको दबदबा कायम राख्ने लक्ष्यमा छ ।

यसअघि बुधबार इङ्ल्यान्डलाई पराजित गर्दै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको थियो ।