ट्वान्टी २० विश्वकप

अस्ट्रेलियालाई वेस्ट इन्डिजको एक सय ५८ रनको लक्ष्य

दुबई । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत ‘ग्रुप वान’ अन्तर्गतको खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियासामु एक सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजे निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रनको योगफल खडा गरेको थियो ।

वेस्ट इन्डिजका कप्तान काइरेन पोलार्डले ४४ रन बनाए ।

अस्ट्रेलियाका जस हाज्लेउडले चार विकेट लिए ।

‘ग्रुप वान’ बाट सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियालाई जित आवश्यक छ  । चर खेलमा ६ अंकका साथ अस्ट्र्रेलिया दोस्रो स्थानमा छ भने समान खेलमा समाान ६ अंक बटुलेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

चार खेलमा चार जितपछि आठ अंकसहित इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । 
वेस्ट इन्डिज भने यसअघि नै प्रतियोगिताबाट बाहिरि सकेको छ ।