ट्वान्टी २० विश्वकप

अस्ट्र्रेलियाको सेमिफाइनल प्रवेश सम्भावना बलियो

दुबई । ओपनर डेविड वार्नको उत्कृष्ट ब्याटिङप्रेरित अस्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्तर्गत ‘ग्रुप वान’बाट सेमिफाइनल प्रवेश सम्भावना प्रबल पारेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले प्रस्तुत एक सय ५८ रनको लक्ष्य अस्ट्र्रेलियाले १६.४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गरेको थियो ।

अस्ट्रेलियाका ओपनर वार्नरले अविजित ८९ र मिचेल मार्सले ५३ रन बनाए । ३३ रन जोड्दा ओपनर तथा कप्तान एरोन फिन्चलाई गुमाएको अस्ट्रेलियाको इनिङ दोस्रो विकेटका लागि वार्नर र मार्सले एक सय २४ रनको साझेदारीका साथ सम्हालेका थिए । 

वार्नरले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे भने मार्सले ३२ बल खेल्दै पाँच चौका र तीन छक्का प्रहार गरे ।
अस्ट्रेलिया पाँच खेलमा चार जितपछि आठ अंकका साथ दोस्रो स्थानमा छ । चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा बसेको इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । दक्षिण अफ्रिका ६ अंकसहित तेस्रो स्थानमा छ । 

अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको टिकट पक्का गर्न दक्षिण अफ्रिका र इङ्ल्यान्डबीच खेलको नतिजा पर्खनु पर्नेछ ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजे निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रनको योगफल खडा गरेको थियो ।

वेस्ट इन्डिजका कप्तान काइरेन पोलार्डले ४४ रन बनाए ।

अस्ट्रेलियाका जस हाज्लेउडले चार विकेट लिए ।

वेस्ट इन्डिज भने यसअघि नै प्रतियोगिताबाट बाहिरि सकेको छ ।