ट्वान्टी २० विश्वकप

सेमिफाइनल टिकटको लक्ष्यमा अस्ट्रेलिया र दक्षिण अफ्रिका, सुखद अन्त्यको खोजीमा वेस्ट इन्डिज

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपमा  ‘ग्रुप वान’ अन्तर्गत शनिबार वेस्टइन्डिजविरुद्ध मैदान उत्रदा अस्ट्रेलिया सहज जितसहित सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ ।

चार खेलमध्ये तीन जित र एक हार व्यहोरेको अस्ट्रेलिया ६ अंकसहति तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा शतप्रतिशत नतिजापछि आठ अंकका साथ शीर्ष स्थानमा बसेको इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । 

समान खेलमा समान ६ अंक जोडेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

इङ्ल्यान्डको सेमिफाइनल टिकट पक्का भइसकेकाले अस्ट्रेलिया र दक्षिण अफ्रिका मध्ये एक टोलीले प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनाउनेछ । 

सेमिफाइनमा स्थान बनाउँन अस्ट्रेलियालाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरीसकेको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को शेख जयेद रंगशालामा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजेबाट सुरु हुनेछ ।

आजै हुने ‘ग्रुप वान’  को दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डको सामना गर्दैछ । प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउँन दक्षिण अफ्रिकालाई जित मात्र पर्याप्त हुँदैन । दक्षिण अफ्रिकाको अघिल्लो चरणको यात्रा अस्ट्रलियाले वेस्ट इन्डिविरुद्ध ल्याउने नतिजामा निर्भर हुनेछ ।

युएईको शारजाह क्रिकेट रंगशालामा हुने खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।