ट्वान्टी २० विश्वकप

टस जितेर अफगानिस्तान फिल्डिङमा

दुबई । आईसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत बुधबार भारतविरुद्ध अफगानिस्तान टस जितेर फिल्डिङमा आएको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को जयेद क्रिकेट रंगशालामा हुने खेलमा सेमिफाइनल सम्भावनालाई जिवित राख्न भारतलाई अफगानिस्तानमाथी आजको खेल जित्नै पर्ने दबाब छ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई १० विकेटले नतिजा सुम्पिएको भारतले दोस्रो खेल न्युजिल्यान्डविरुद्ध आठ विकेटले गुमाएको थियो ।

त्यस्तै भारतविरुद्ध जित निकाले अफगानिस्तानको सेमिफाइनल सम्भावनालाई बलियो बन्नेछ ।

पहिलो खेलमा स्कटल्यान्डलाई एक सय ३० रनले पराजित गरेको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । त्यस्तै अफगानिस्तानले तेस्रो खेलमा नामिबियामाथी ६२ रनको जित दर्ता गराएको थियो ।