ट्वान्टी २० विश्वकप

बट्लरको शकतमा श्रीलंकालाई इङ्ल्यान्डको एक सय ६४ रनको लक्ष्य

दुबई । ओपनर जस बट्लरको शतकप्रेरित इङ्ल्यान्डले श्रीलंकासामु एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट ग्रुप वान अन्तर्गत आफ्नो चौथो खेलमा इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट क्षतीमा एक सय ६३ रनको योगफल खडा गरेको हो ।
 

जारी प्रतियोगितामा शतक पूरा गर्ने बट्लर पहिलो खेलाडी हुन् ।

तीन खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेको इङ्ल्यान्ड चौथो जितसहित सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

३५ रन जोड्दा ओपनर जसन रोय, डेविड मालन र जोनी बेयरस्टोलाई गुमाएको इङ्ल्यान्डको इनिङ बट्लर र कप्तान इयोन मोर्गनले चौथो विकेटका लागि एक सय १२ रनको महत्वपूर्ण साझेदारीका साथ उकासेका थिए ।

बट्लरले ६७ बलमा समान ६ चौका र छक्का मद्दतमा अविजित एक सय एक रन प्रहार गरे । मोर्गनले ३६ बलमा एक चौका र तीन छक्का मद्दतमा ४० रन जोडे ।

श्रीलंकाका वानिन्डु हसरंगा डी सिल्भाले तीन विकेट लिए ।