उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताः नकआउट चरण समिकरण पूरा

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकआउट चरणको समीकरण पुरा भएको छ । 

सोमबार एन्फा मुख्यालयमा समुह ‘आई’ र 'जे' गरि अन्तिम खेलहरु भए ।

समूह 'आई'बाट गौरीगंगा नगरपालिकाले बराहाक्षेत्र नगरपालिकालाई ४-० ले हराएसँगै नकआउट चरण प्रवेश गर्ने टोलीको टुङगो लागेको हो ।

समूह ‘जे’ बाट यसअघि नै सुनकोशी गाँउपालिका शतप्रतिशत जितका साथ नकआउट चरण प्रवेश गरिसकेको थियो । त्यसैले धरान उपमहानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीचको खेल औपचारिकता मात्र थियो ।

 सो खेलमा प्रतिक्षा राईको निर्णायक गोलमा धरान उपमहानगरपालिकाले चौदण्डीगढीलाई १-० ले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्यो ।

चौदण्डीगढी गत सिजन राष्ट्रिय महिला लिगबाट घटुवा भएको थियो । 

३१ टोली रहेको छनोट चरणको १० समूहका शीर्ष १० टोली नकआउट चरणमा प्रवेश गरेका हुन् । नकआउट चरणका खेलहरु कार्तिक २२ गतेबाट सुरु हुनेछ । फाइनल खेल २८ गते हुनेछ । 

उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ । उपविजेताले तीन लाख रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताको विजेता र उपविजेता पुसमा आयोजना हुने राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछ ।

महिला लिगमा साविक विजेता एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकासँगै उपमेयर कपबाट छनोट भएका दुई गरि कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए ’बाट बागमती नगरपालिकालाई गोलअन्तरमा पछि पार्दै कन्काइ नगरपाकिकाले नकआउट चरणमा स्थान बनाउँदा समूह ‘बी ’बाट ललितपुर महानगरपालिका,समूह ‘सी’बाट बर्दियाको बाँसगढी नगरपालिका,समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका,समूह ‘इ’ बाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणको टिकट काटे ।

नकआउट चरण प्रवेश गर्ने अन्य टोलीमा समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका,समूह ‘जी’ बाट कैलालीको गोदावरी नगरपालिका र समूह ‘एच’ बाट धनगढी रहे ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar