नेपाल क्रिकेट संघ

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसियाली छनोटका १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक जगत टमाटाले बुधबार बन्द प्रशिक्षणमा रहेको २४ खेलाडीबाट १० खेलाडीलाई बाहिर राख्दै रुबिना क्षेत्रीको कप्तानीमा  टोली घोषणा गरेका हुन् ।

युएईमा नोभेम्बरमा हुने एसियाली छनोट चरणमा ६ टोलीको सहभागिता रहेको  छ । छनोट चरणमा नेपाल, आयोजक युएई, हङकङ, भुटान, कुवेत र मलेसिया सहभागी छन् ।

१४ सदस्यीय टोलीमा रुबिनासहित इला भट्ट,सिता रानामगर, करुणा भण्डारी,इन्दु बर्मा,सरिता मगर,ज्योती पाण्डेय, सरस्वती चोैधरी,काजल श्रेष्ठ,सवनम राई, कबित कुँवर, अप्सरी बेगम, कबिता जोशी र संगिता राई रहेका छन् ।