वैशाख २८, २०८२ आइतबार | २२:१२:५०
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काग्रेसले गृह छोडेर खेलकुद मन्त्रालय लिन्छ : शंकर भण्डारी, च्याम्पियन भए सबै खेलाडीलाई राष्ट्रिय तक्मा दिने गृहमन्त्रीको घोषणा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले आगामी संस्करणमा दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपाधि जितेको खण्डमा नेपाली राष्ट्रिय टोलीका सबै सदस्यलाई राष्ट्रिय तक्माबाट विभुषित गर्ने प्रतिबद्धता जनाएका छन् ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीको सम्मानमा नेपाली काग्रेस तरुण विभागद्धारा आयोजित कार्यक्रममा गृहमन्त्री खाँडले दशै विदामा रहेका कप्तान किरण चेम्जोङलाई स्मरण गर्दै भने, ‘राष्ट्रिय आभुषणबाट सम्मान गर्ने समाचार चेम्जोङजीलाई मैले आफै फोन गरेर भनेको थिएँ ।’

‘साफ च्याम्पियनसिपमा उपविजेता भएकोमा सम्पूर्ण खेलाडी तथा अफिसियल टोलीलाई बधाई । कप्तान किरण चेम्जोङ यहाँ उपस्थित नभए पनि मैले व्यक्तिगत रुपमा फोन गरेर बधाई दिएको थिएँ र पदकबाट सम्मान गर्न चाहेको कुरा बताएको थिएँ,’ उनले भने, ‘अर्काे पटक साफ च्याम्पियनसिपको विजेता टोली बनेर आउनुहोस, सरकारले तपाईहरु सबै खेलाडी, प्रशिक्षक र अफिसियललाई राष्ट्रिय तक्माबाट सम्मानित गर्नेछ ।’

माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा फाइनल पुगेको नेपाली टोलीका केही खेलाडी हाल एएफसी यु २३ एसियन छनोट प्रतियोगिता खेल्न ताजिकिस्तानमा रहेको २३ वर्षमुनिको राष्ट्रिय टोलीमा छन् । अन्य केही दशै विदामा रहेका कारण बुधबारको सम्मान कार्यक्रममा पूरा टोलीको उपस्थिती थिएन । मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अल्मुताइरी पनि साफ च्याम्पियनसिपपछि विदामा घर गएकाले उनी पनि कार्यक्रममा थिएनन् ।

आयोजक नेपाली काग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले विगतका दिनमा काग्रेसले खेलकुदलाई अपेक्षित महत्व नदिएको स्वीकार्दै आगामी दिनमा पार्टीले खेलकुद मन्त्रालयका लागि गृह मन्त्रालयसमेत त्याग्ने बताए ।

उनले खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरुसँग खेलकुदमा गर्नुपर्ने कामका बारेमा सुझाव माग गर्दै आगामी चुनावपछि पाँच वर्षभित्र देशलाई फुटबलमय बनाउने बताए ।

‘साफ च्याम्पियनसिपमा २८ वर्षपछि फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्न पाउँदा नेपाली काग्रेस तरुण विभाग निकै खुसी छ ,’ उनले भने, ‘भोलीका दिनमा हामी बहुमत ल्याउछौं । यसपछि आदरणीय साथीहरु हामीलाई सल्लाह दिनुहोस हामी खेलकुद मन्त्रालय लिन्छौं । हामी पाँच वर्षे योजना तयार गरेर एक अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाएर देखाउँछौं । गृहमन्त्रालय बरु छोड्छौं तर खेलकुद मन्त्रालय लिन्छौं ।’

काग्रेसको खेलकुद विभागका सचिव एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले त्यसअघि काग्रेसले सरकारमा हुँदा खेलकुदलाई आवश्यक महत्व नदिएको गुनासो गरे ।

कम्युनिष्टहरुप्रति निक्कै आक्रामक रुपमा प्रस्तुत भएका उनले भने, ‘खेलकुद मन्त्रालय सधै कम्युनिष्टहरुले लिए र उनीहरुले सधै खेलकुदलाई धोका दिइरहे । राष्ट्रिय खेलकुद परिषदमा खेलकुद केही नबुझेका मानिस सधै सदस्यसचिव भएर आइरहे । उनीहरुलाई खेलकुद बुझाउँदा बुझाउँदै कार्यकाल नै सकिने । अनि कसरी हुन्छ खेलकुदको विकास ?’

वर्तमान सरकार गठनको क्रममा काग्रेसले खेलकुद मन्त्रालय लिने चर्चाका आधारमा आफूहरुले पूरा देशलाई खेलमय बनाउने योजना बनाएको तर अर्कै पार्टीले खेलकुदको नेतृत्व गर्दा आफ्ना योजना अलपत्र परेको उनले बताए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रिय टिमको सम्मान गरेकोमा तरुण दललाई धन्यवाद दिए । उनले २८ वर्षपछि फाइनल पुगेर इतिहास रचेको राष्ट्रिय टिमको सम्मानको सुरुआत तरुण विभागबाट भएको र यसले निरन्तरता पाउने आशा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामा विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकप ल्याउन आफू लागिपरेको पनि भन्न भ्याए ।

‘म एन्फा अध्यक्षमा निर्वाचित भएर आएपछि निरन्तर साफको बैठकमा २०३० को विश्वकप आयोजनका लागि साफ पनि अघि बढ्नुपर्ने प्रस्ताब राखिरहेँ । तर सुरुमा मैले यस्तो कुरा गर्दा हासोमा उडाइन्थ्यो,’ उनले भने, ‘तर यसपालीको साफ बैठकमा भने सबै सकारात्मक देखिएका छन् । भारत र माल्दिभ्सले अग्रसरता लिए दक्षिण एसियामा पनि विश्वकप आयोजना सम्भव छ ।’

२०३० को विश्वकप आयोजनाको दाबी गरे २०३४ को विश्वकप आयोजनाको अधिकार दक्षिण एसियाले पाउने बताउँदै एन्फा अध्यक्ष शेर्पाले राजनीतिक भेलामा नेपालले पनि आठ÷दश खेल आयोजना गर्ने सपना देखाए ।

राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै बोलेका मिडफिल्डर सुजल श्रेष्ठले सम्मान पाउँदा आफूहरु खुसी भएको बताए । उनले यस्ता सम्मानका हौसलाहरु मिलिरहने हो भने उपाधिको उपहार दिन टोली सक्षम हुने विश्वास व्यक्त गरे ।

‘यो सम्मानले हामीलाई हौसला प्रदान गरेको छ । हामीले थप सम्मानको अपेक्षा राखेका छौं  । हामीले साफ च्याम्पियनसिपमा जुन सफलता हात पारेको छौं, त्यो खेलाडी, प्रशिक्षक र संघको मात्र प्रयासले सफल भएको होइन । त्यसमा नेपाली समर्थकको साथ छ । उहाँहरु सबैलाई धन्यवाद,’ सुजलले भने ।

सम्मान कार्यक्रमका सभापती पासाङ नोर्बु शेर्पाले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउने राष्ट्रका गहना खेलाडीलाई सम्मान गर्न पाउँदा तरुण विभाग आफै सम्मानित भएको बताए । उनले खेलाडीलाई खेलमामात्र केन्द्रित हुन आह्वान गर्दै भने, ‘नेपाली काग्रेस तरुण विभाग तपाईहरुको साथमा छ । तपाईहरुका लागि आवश्यक सबै काम गर्न हामी तयार छौं । तपाईहरुका समस्या हामीलाई भन्नुस, त्यसका लागि हामी लड्छौं । तपाईहरु चाँही मैदानमा देशका लागि विदेशीसँग लड्नुस । फुटबलमै केन्द्रित हुनुस । खेलाडीको साथ र सहयोगका लागि तरुण विभाग सधै तयार छ ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP