इङ्लिस लिग कप

इङ्लिस लिग कपः सिटी बाहिरियो, लिभरपुल र लेस्टर क्वार्टरफाइनलमा

लन्डन । वेस्ट हमसँग पराजित भएसँगै म्यानचेस्टर सिटीको इङ्लिस लिग कपको यात्रा अन्तिम १६ मा सीमित बनेको छ ।

बुधबार राती सम्पन्न खेलमा सिटीले वेस्ट हमलाई पेनाल्टी सुटआउटमा ५-३ को नतिजा सुम्पिएको हो । 

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जहाँ वेस्ट हमले बाजी मारेको हो ।

वेस्ट हमका मार्क नोब्ले, क्रायग ड्वासन, एरोन क्रिस्वेल, सेड बेनरमा र जारडो बोविनले गोल गरे ।

सिटीका ज्याक ग्रिलिस, ग्याब्रियल जिजस र याओ कान्सेलोले गोल गरे । फिल फोडिनको प्रहार गोलमा परिणत हुन सकेन ।

लिग कप अन्तर्गत बुधबार सम्पन्न अन्य खेलमा लिभरपुलले प्रिस्टन नर्थ इन्डलाई २-०, टोटेनहमले बर्नलीलाई १-० र  लेस्टर सिटीले ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै क्वार्टरफाइलनमा स्थान सुरक्षित गरे ।