मंसिर ६, २०८१ बिहीबार | १५:२०:५८
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

प्रतिमा र शेरपले जिते दुई काश्य

काठमाडौं । ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३ नेपालले बक्सिङबाट दुई काश्य पदक जितेको छ। 

रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सोमवार सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समुहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा काश्य पदक जितेका हुन्।

प्रतियोगितामा १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको छ। 

दुबै खेलाडीहरुले क्वार्टरफाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए। सेमिफाइनलमा शेरपले आयोजक ब्राजिलीयन प्रतिद्वन्दीसंग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन्।

तीन राउन्डको भिडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा पछि परेका थिए । गतवर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो। 

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आइसी) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिख सम्म हुदैछ। यो १३ देखि १५ वर्ष 

प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए। उनले भने ‘आयोजकविरुद्ध उनीहरुको घरमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो। दोस्रो र तेस्रो चरणमा राम्रो खेलेपनि जित्न सकेन। दुखको कुरा हो। उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन्।’

यसैगरी प्रकृती सेमिफाइनलमा क्रोयसियाका खेलाडीसंग आरएससी पद्धतिमा आउट हुन पुगेकी हुन्। पहिलो राउन्डमा उनले दुई पटक काउन्टर खाए पछि दोस्रो राउन्ड खेल्न पाएनन्। 

त्यसैगरी बास्केटवलतर्फ महिला थ्री अन थ्रीमा चिलीसंग पराजित भएपछि नेपाल बाहिरिएको छ। 

त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागी नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन्।

प्रतियोगितामा १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको छ। 

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आइसी) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिख सम्म हुदैछ। यो १३ देखि १५ वर्ष उमेर समुहको मिनी ओलम्पिक प्रतियोगिता हो। 

प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।  


  
  
 

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin