माघ १७, २०८२ शनिबार | १०:००:०५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

जावलाखेल र आर्मीलाई ह्विलचियर बास्केटबलको उपाधि

महिलातर्फको विजेता जावलाखेल ।

काठमाडौं । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तरउपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए_को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न प्रतियोगितामा जावलाखेल महिला तथा आर्मी पुरुषतर्फ च्याम्पियन बने । उपाधिसँगै दुवैले समान ५० हजार रुपैयाँ हात पारे ।

महिलातर्फ जावलाखेलले ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए) लाई २४-२३ ले पराजित गर्यो । जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन् ।  प्रतियोगिताको सर्वाधिक स्कोरकर्ता बनेकी उनले ३ हजार रुपैयाँ हात पारिन् ।

राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान)लाई हराउँदै इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) तेस्रो भयो ।

सेमिफाइनमान जावलाखेलले एससिआइएनएनलाई १७-६ तथा डब्ल्युएसएले निडवानलाई १२-२ ले पराजित गरेका थिए ।

पुरुषतर्फको विजेता आर्मी । 

पुरुषतर्फ विभागीय ‘डर्बी’ मा आर्मीले एपिएफलाई आर्मीले ४३-४१ ले हरायो ।  निकै रोमाञ्चक बनेको फाइनलमा निर्धारित खेल ३९-३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त तीन मिनेटको समय थप गरिएको थियो ।

अतिरिक्त समयमा आर्मीले चार र एपिएफले दुई स्कोर जोडे ।  आर्मीलाई उपाधि दिलाउन रमेश खत्रीले सर्वाधिक १९ स्कोर गरे । उनले ३ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक एनएससिआइएसएलाई १०-६ले हराउँदै बिआइए तेस्रो भयो । सेमिफाइनलमा आर्मीले बिआइएलाई ४०-१३ र एपिएफले  एनएससिआइएसएलाई ४०-१० ले हराएका थिए ।

दुर्वतर्फ उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ४० र ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ तुलशा मगर तथा पुरुषतर्फ राम तामाङ सर्वोत्कृष्ट भए । दुवैले समान ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई  राष्ट्रिय खेलकुद परिषद् ( राखेप)का उपाध्यक्ष धुर्व आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए।

दुई दिन चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ सात  टोलीको सहभागिता थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।