भाद्र २३, २०८१ आइतबार | ०८:०७:०२
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

कीर्तिपुरमा आमा दौड हुने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) मा  एनआरएस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । 

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने दौड ५ र ३ किलोमिटर हुनेछ ।

कीतिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आमा दौड आफैमा नयाँ प्रयोग हुने भएकाले यसले हरेक परिवारमा प्रभाव पार्ने बताए । मेयर नकर्मी र फाउन्डेसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दौड आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एसियाली खलकुदकी कांस्य पदक तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आमाहरुले आफ्नो लागि पनि समय निकाल्नु पर्छ भन्ने सन्देश दिनका लागि आमा दौड प्रभावकारी हुने बताइन्।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले आमा दौडमार्फत नगरपालिकाको परिचय दिनका लागि पनि सहयोगी हुने विश्वास लिएको बताएकी छन् ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले आमा दौडको आयोजना आफैमा उदाहरणीय हुने विश्वास लिएको बताए । 
दौडका क्रममा कीर्तिपुरको पर्यटन प्रबन्ध र स्थानिय खानाको प्रबद्र्धनका लागि फुड फेस्टिबलमा गरिने बताइएको छ ।

नाम आमा दौड भएपनि दौडमा जो कोहिले पनि भाग लिन सक्ने र त्यसका लागि दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने फाउन्डेसनले जानकारी दिएको छ । कीर्तिपुर नगरपालिकाले दौडमा भाग लिने आफ्ना नगरका ३ सय जनाको दर्ता शुल्क ब्यहोर्ने पनि मेयर नकर्मीले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले यस पटकको आयोजना सफल भएको खण्डमा हरेक वर्ष आमा दौडलाई भाग लिन सक्ने बताइएको छ । फाउन्डेसनले यसलाई प्रतिस्पर्धा भन्दा पनि आमाहरुको जागरुक गराउन आयोजना गरिएको जनाएको छ ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024