चैत्र १०, २०८२ मंगलबार | १८:४३:५२
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

तीन वर्षमै सम्भव छ, ओलम्पिक पदक

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकमा नेपालको निराशजनक यात्रा सकिएको एक महिना पनि भएको छैन । प्रतिस्पर्धी पाँच खेलाडीमध्ये दुई जनाले राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक नेपालको टोकियो यात्रा यसपाली पनि सहभागितामै सिमित बन्यो । 

तर अलि फरक ढंगले अगाडी बढ्ने हो भने २०२४ को पेरिस ओलम्पिकमै पदक जित्ने सम्भावना पनि कमजोर छैन । 

अझ पनि पराम्परागत ढंगले अघि बढ्ने हो भने अब आउने कैयौं ओलम्पिक नेपालका लागि अनुभवमा मात्र सिमित हुनेछ । अझ नमिठो शब्द प्रयोग गर्ने हो भने विदेश भ्रमणमा सिमित बन्नेछ । 

तर अलि फरक ढंगले अगाडी बढ्ने हो भने २०२४ को पेरिस ओलम्पिकमै पदक जित्ने सम्भावना पनि कमजोर छैन । 

सुन्दा अचम्म लाग्न सक्छ । धेरैले भन्लान, यो त असम्भव कुरा हो । यसलाई सम्भव बनाउन ‘जादुको छडी’ चाहिन्छ ।

तर राज्यले थोरै लगानी गर्ने हो भने ओलम्पिकमा पदक सम्भव छ । त्यसका लागि परम्परागत खेलमै सिमित भएर चाँही सम्भव छैन । परम्परागत खेललाई यथास्थितीमा अगाडी बढाउँदै त्यसभन्दा बाहिर पनि निस्कनुपर्छ । 

फुटबलमा कहिले विश्वकप खेल्छ थाहा छैन । अन्य परम्परागत खेलमा कहिले विश्वस्तरमा पदक जित्ला थाहा छैन । तर यो सहासिक खेलकुदमा हामी पदक जित्न सक्छौं । म आफै क्लाइम्बर भएको अनुभवका आधारमा भन्छु की पदक जित्न सक्छौं ।

‘अवसर पायौं भने हामीले नेपालका लागि ओलम्पिकमा पदक जित्न सक्छौं,’ नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव मेघराज पौडेल खेलाडीसँगको कुराकानीमा भन्छन्, ‘टोकियो ओलम्पिक भर्खरै सकियो । अब चार वर्षमा अर्को संस्करण हुन्छ । राज्यले थोरै लगानी गरेर आजकै दिनबाट तयारी थाल्ने हो भने हामीले स्पोर्ट क्लाइम्बिङबाट ओलम्पिकमा पदक जित्न सक्छौं ।’

पासा ल्हमु शेर्पा स्पोर्ट क्लाइम्बिङ सेन्टरकी सञ्चालक माया गुरुङ आत्मविश्वासका साथ थप्छिन्, ‘फुटबलमा कहिले विश्वकप खेल्छ थाहा छैन । अन्य परम्परागत खेलमा कहिले विश्वस्तरमा पदक जित्ला थाहा छैन । तर यो सहासिक खेलकुदमा हामी पदक जित्न सक्छौं । म आफै क्लाइम्बर भएको अनुभवका आधारमा भन्छु की पदक जित्न सक्छौं ।’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले टोकियो ओलम्पिक २०२० बाट स्पोर्टस क्लाइम्बिङलाई पनि समावेश गरेको छ । टोकियोमा १९ देशका ४० क्लाइम्बरले दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । 

पुरुष कम्बाइन्डतर्फ स्पेनका जिनेस लोपेज अल्बर्टो र महिला कम्बाइन्डतर्फ स्लोभेनियाकी जन्जा गर्नबर्टले स्वर्ण पदक जिते । जापानले एक रजत र एक कांस्य पदक जित्यो । अमेरिकाले एक रजत र अस्ट्रियाले एक कांस्य पदक जित्यो । 

स्पोर्ट क्लाइम्बिङमा अमेरिका, स्विट्जरल्यान्ड, स्पेन, दक्षिण अफ्रिका, स्लोभेनिया, रुस, दक्षिण कोरिया पोल्यान्ड, काजकिस्तान, चीन, जापान, इटाली, बेलायत, जर्मनी, फ्रान्स, चेक गणतन्त्र, क्यानडा, अस्ट्रिया र अस्ट्रेलियाले प्रतिस्र्धा गरेका थिए । 

यी प्रतिस्पर्धी मुलुकको तुलनामा नेपाललाई भौगोलिक हिसाबले पनि फाइदा पुग्ने मायाको बुझाई छ ।

‘नेपालमा यसको सम्भावना प्रचुर छ । केही समयअघि हाम्रोमा एकजना भाई आउनु भएको थियो । उहाँलाई यस खेलको राम्रो प्राविधिक ज्ञान थिएन । क्लाइम्बिङमा ओभरह्याङ भन्ने ठाँउ हुन्छ । त्यहाँ पुग्न धेरै मेहनत गर्नुपर्छ । सामान्य मानिसलाई त्यो ठाउँ पास गर्न कम्तिमा ३, ४ महिनाको अभ्यास आवश्यक पर्छ । तर त्यो भाईले पहिलो प्रयासमै सजिलै ओभरह्याङ पास गरेर सिधै टपमा पुग्नुभयो,’ सगरमाथासहित सेभेन पिकको सफल आरोहण गरिसकेकी मायाले सुनाइदै गइन, ‘हुन त हाम्रो भौगोलिक हिसाबले पनि हुनसक्छ । भिर पाखा हिडेको कारण पनि होला, उहाँले सजिलै चढ्नु भयो । त्यसकारण त्यस्ता व्यक्तिहरुलाई खोजेर प्रशिक्षण दियौं भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले धेरै राम्रो नतिजा हासिल गर्न सक्छ ।’ 

छैन सरकारी लगानी

कतिपयलाई लाग्न सक्छ, यो त खेल नै होइन । त्यो तर्क आफ्नो ठाउँमा ठिक हुन पनि सक्छ । तर खेल नै नभए आइओसीले किन ओलम्पिकमा राख्थ्यो र ? खेल भएकै कारण राखिएको हो । 

त्यसैले परम्परागत भन्दा यस्ता साहसिक खेलमा सहभागिता जनाउने हो भने ओलम्पिक पदक तालिकामा नेपालको स्थान अहिलेको भन्दा धेरै माथि हुन सक्छ । विश्वले नेपाललाई फरक ढंगले हेर्नेछ । 

हो, नेपालमै पनि क्लाइम्बिङलाई खेलका रुपमा सुरु गरिएको थिएन । हिमाल चढ्नेहरुका लागि अभ्यास गर्ने र फिटनेस हासिल गर्ने माध्यमका रुपमा मात्र लिइएको थियो । 

तर विस्तारै यो खेल विधाको रुपमा विकास भइरहेको छ । धुम्बाराहीस्थित पासाङ ल्यामु शेर्पा नेपालको पहिलो स्पोर्ट क्लाइम्बिङ सेन्टर हो । अहिले ठमेलको थप दुई ठाँउमा पनि सञ्चालन भइरहेको छ । पोखरा र बौद्धमा पनि सञ्चालनमा ल्याउने तयारी छ । 

पछिल्लो समय नेपालमा सरकारी स्तरबाटै साहसिक खेलकुदको नारा निकै घन्किएको सुनिन्छ । खेल पदाधिकारीहरुको कुनै पनि भाषणमा ‘साहसिक खेलकुद’ शब्द छुट्दैन । 

तर नेपालमा जति पनि स्पोर्ट क्लाइम्बिङ सेन्टर छन्, त्यो निजी क्षेत्रको पहलमा खुलेका छन् । यस खेलमा सरकारको नजर अहिलेसम्म पर्न सकेको छैन । 

पछिल्लो समय नेपालमा सरकारी स्तरबाटै साहसिक खेलकुदको नारा निकै घन्किएको सुनिन्छ । खेल पदाधिकारीहरुको कुनै पनि भाषणमा ‘साहसिक खेलकुद’ शब्द छुट्दैन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नै नीति तथा कार्यक्रममा साहसिक खेलुकदलाई जोड दिएकी थिइन् । तर त्यसअनुरुपको महत्व साहसिक खेलकुदले पाउन सकेको छैन । भाषण र औपचारिकता पूरा गर्ने ध्यानमैमात्र सरकार पनि सिमित छ । 

‘पछिल्लो समय सरकारको चासो नबढेको त होइन । तर त्यो नीतिगत रुपमा मात्र छ । कार्यान्वयनको पाटो शुन्यजस्तै छ । हामी निजी क्षेत्रबाट लागि रहेका छौं । प्रतियोगिताहरु भइरहेका छन् । हाम्रा खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका छन्,’ महासचिव पौडेल भन्छन्, ‘तर हामी राज्यका निकायहरूसँग जोडिन सकेका छैनौं । त्यसैले राज्यको चासो भए पनि लगानी गरेर अगाडी बढ्नेतर्फ पाइला चालिएको छैन ।’

ओलम्पिकमा नेपालको विगत

१९६४को गृष्मकालिन टोकियो ओलम्पिकबाट नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसयता नेपालबाट अहिलेसम्म सबैभन्दा बढी एथलेटिक्ससहित सात खेलमा सहभागिता जनाएको छ । एथलेटिक्स, बक्सिङ, जुडो, सुटिङ, तेक्वान्दो, भारोत्तोलन, पौडी र आर्चरीबाहेकका खेलमा नेपालले सहभागिता जनाएको छैन । 

विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा सहभागिता जनाउनु सहज छैन । नेपालबाट अहिलेसम्म दुई खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका छन् । तेक्वान्दोका दीपक विष्ट र संगिता वैद्यबाहेक अन्य खेलाडीले अनिवार्य सहभागिता र वाइल्ड कार्ड इन्ट्रीमार्फत ओलम्पिक खेलेका हुन् । 

पौडेल र गुरुङले भनेजस्तै टोकियो ओलम्पिकबाट समावेश गरिएको स्पोर्ट क्लाइम्बिङमा नेपालको पदक सम्भावना हुन्छ भने फरक बाटो हिड्ने प्रयास किन नगर्ने ? 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो