चैत्र ४, २०८२ बुधबार | ०६:०४:४१
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

नासा नेपालले मोटर स्पोर्टसको विद्यार्थी लक्षित कार्यकम गर्ने

काठमाडौं, (खेलाडी)- नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले नेपाली मोटर स्पोर्टसमा नयाँ कार्यक्रमका रुपमा स्कुल्स टु ट्रयाक सुरु गर्ने भएको छ । 

अन्तर्राष्‍ट्रिय मोटर स्पोर्टसको सर्वोच्च निकाय एफआइएको सहयोग तथा मोटर स्पोर्टसको विश्‍व विख्यात ब्राण्ड फर्मुला वानको अभियान एफवान इन स्कुल्सको नेपाली स्वरुपका रुपमा स्कुल्स टु ट्रयाक सुरु गर्न लागिएको नासा नेपालले जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि नेपालमा मोटर स्पोर्टसका गतिविधिहरुलाई नेतृत्व प्रदान गर्दै आएको नासा नेपालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएअनुसार कार्यक्रमअन्तर्गत पहिलो चरणमा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई एफवान इन स्कुल्ससम्बन्धि तालिम दिइनेछ । 

स्टिम च्यालेन्ज नाम दिइएको कार्यक्रममा विभिन्‍न स्कुल र कलेजका गरी २ सय विद्यार्थीको सहभागिता रहनेछ । कार्यक्रमको दोस्रो तथा अन्तिम चरणमा भने पहिलो चरणका २ सयमध्ये ३० विद्यार्थी छनोट गरेर प्रयोगात्मक तालिम र जुनियर स्तरको कार्टिङ प्रतियोगिता आयोजना गरिने जानकारी गराइएको छ । यही महिनाको अन्त्यमा सुरु हुने भनिएको कार्यक्रम डिसेम्बरसम्म चल्नेछ ।

९५ लाख रुपैयाँ बजेट रहेको कार्यक्रमका लागि एफआइएले ७० लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ भने बाँकी रकम नासा नेपाल, सम्बन्धित कलेज तथा प्रायोजनबाट व्यवस्था गर्नुपर्ने बताइएको छ । 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH