पाेखरा । नेपालमै पहिलो पटक आयोजना भएको पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ को ओपन इलाइटतर्फ वर्षा बस्नेत र राजेश मगर च्याम्पियन बनेका छन् ।
वर्षा महिला तथा राजेश पुरुषतर्फ विजेता बनेका हुन् । याे विधाका लािग चैत २३ मा छनोटमार्फत २५ पुरुष र सात महिला राइडर छानिएका थिए ।
महिलातर्फ मन्दिरा भण्डारी दोस्रो तथा र सुरक्षा केसी तेस्रो भए । पुरुषतर्फ अन्जित बुढाथोकीले दोस्रो र आशुतोष धोन्जुले तेस्रो स्थान हासिल गरे ।
यस्तै ३०+ ओपन मास्टर्समा विधामा सात जनाले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा राज शही पहिलो भए । विकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो स्थानमा रहे ।
तीनै विधाका विजेताले १ लाख ५० हजार पप्त गरे ।
यसैगरी पुरुष ओपन ३०+ मास्टर्सको सातै जना खेलाडी र महिला र पुरुषतर्फ चौथो र पाँचौं हुनेलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर गरेको थियो ।
हाइग्राउण्ड प्याकेजमा बन्जी जम्प, प्याराग्लाइडिङ, एटिभी, जिप, फ्ल्याएर स्काइ, स्क्रिनरको फुल प्याकेज पर्दछ । हाइग्राउण्डका दिनेस महर्जनले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
सबै निकाय र खेलप्रेमीहरुको यस्तै साथ र सहयोग भएमा क्रमश अर्को वर्ष पनि खेलाइने कार्यक्रम निर्देशक जगत धौलीले बताए ।
विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।
विश्व खेलकुद दिवसको अवसर पारेर आयोजना भएको उक्त प्रतियोगितामा महिला र पुरुष गरी कुल ५६ राइडरले भाग लिएका थिए ।