काठमाडौं । इङ्लिस क्लब टोटनहम युइएफए युरोपा लिगको उपाधि नजिक पुगेको छ । टोटनहमले नर्वेको बोडोरग्लिम्टलाईविरुद्ध समग्रमा ५-१ को जित निकाल्यो ।
एस्पमाइरामा बिहीबार सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा टोटनहमले घरेलु टोली बोडोरग्लिम्टविरुद्ध २-० को जित दर्ता गर्यो । पहिलो लेटमा टोटनहम ३-१ ले विजयी भएको थियो ।
टोटनहमलाई जित दिलाउन डोमोनिक सोलान्के र पेड्रो पोरोले गोल गरे ।
खेलको ६३औं मिनेटमा सोलान्केको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ६ मिनेटपछि नै पोरोले टोलीको अग्रता दोब्बर बनाए ।
टोटनहमले उपाधिका लागि अर्को इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेडले स्पेनको एथलेटिक क्लब बिल्बाओलाई समग्रमा ७-१ ले पराजित गर्दै फाइनलमा स्थान बनायो ।
यससँगै सन् २०१८-१९ को सिजनपछि युरोपा लिगमा दुई इङ्लिस क्लबबीच फाइनल हुने तय भएको छ। त्यतीबेला चेल्सीले आर्सनललाई पराजित गरेको थियो ।