काठमाडौं । स्पेनिस क्लब एथलेटिक क्लब बिल्बाओलाई समग्रमा ७-१ ले पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा युनाइटेडले ४-१ को जित निकाल्यो । पहिलो लेगमा युनाइटेड ३-० ले विजयी भएको थियो ।
ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन मेसन माउन्टले दुई तथा क्यासिमिरो र रास्मस होज्लन्डले समान एक गोल गरे । एथलेटिक मिकेल जौरेगिजारले गोल गरे ।
खेलको ३१औं मिनेटमा जौरेगिजारको गोलमार्फत एथेटिकले अग्रता लिएको थियो । तर दोस्रो हाफमा भने टोली सम्हालिन सकेन ।
माउन्टले ७२औं मिनेटमा युनाइटेडलाई बराबरीमा ल्याए । सात मिनेटपछि नै क्यासिमिरोले गोल गर्दा युनाइटेड ३१ ले अगाडि बढ्यो ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा होज्लन्डले युनाइटेडका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ४-१ को सहज जित दिलाए ।