वैशाख २६, २०८२ शुक्रबार | १२:१६:०३
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

ट्रान्स हिमालय एड्भेन्चर सम्पन्न

पोखरा । मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स हिमालय एड्भेन्चर पोखरा आएर समापन भएको छ । गत सोमबार काठमाडौंबाट हिँडेको राइडरहरूको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथबाट फेरि बेनी हुँदै पोखरा पुगेका हुन् ।

पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ मा आएर राइड समापन भयो ।

 उक्त राइड अन्तर्गत  मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाईमा रहेको सेल्फी डाँडामा टाइम ट्रेल च्यालेन्ज मोटोखाना बाइक रेस प्रतियोगिता भएको थियो । 

सो प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई पोखरामा पुरस्कृत गरिएको छ । त्यसैगरी सहभागी सबै राइडरहरुलाई समेत प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सो प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्त हरि आचार्य, सरोज महर्जन, सञ्जित राम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर वल्ल्भ उप्रेती, दिपेन्द्र कुमार खड्का र सुनिल श्रेष्ठ, सहभागी भएका थिए ।

उनीहरूलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरे ।

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ । राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका  थिए  ।   विजेतालाई केही समय पछि पुरस्कृत गरिने बताइएको छ ।

सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने आयेजना गरिएको राइडमा अन्य विभिन्न कार्यक्रम पनि गरिएको थियो । राष्ट्रिय खेलकद परिषद् (राखेप),अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको सहयोगमा यो कार्यक्रम आयोजना भएको हो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP