काठमाडौं । प्रशिक्षणका लागि चीन जान लागेको नेपाली स्की टोलीको बिदाइ भएको छ ।
मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव तथा कोषाध्यक्ष श्री रतनकुमार टण्डनले टोलीकाे बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा नेपाल स्की संघका प्रतिनिधिहरुको उपस्थिति थियो ।
चीनको जिलिन प्रान्तको बैदाहु स्की रिसोर्टमा हुन लागेको प्रशिक्षण शिविर फेब्रुअरी २९ देखि मार्च ८ सम्म हुनेछ ।
यो प्रिशिक्षण शिनिर ३२औं अल्पाइन स्की च्याम्पियनसिप (जुनियर)को तयरी स्वरुप हुन लागेको हो । प्रतियोगिता मार्च ९ र १० बैदाहु स्की रिसोर्टमै हुने तय छ।
प्रतियोगितामा दिनेशकुमार बोहरा, देबोरा तिमल्सिना, लक्ष्मी राई र उज्ज्वल गिरीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको व्यवस्थापकमा स्वराज श्रेष्ठ र प्रशिक्षकमा सफल श्रेष्ठ छन् ।
भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1