काठमाडौं । जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख लगातार तेस्रो पटक सुदूरपश्चिमका बलर सैफ जैबको शिकार बनेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याइरहेको जनकपुरले सान्दार ब्याटिङ सुरुआत गर्दै पावरप्लेमा ७१ रन जोडेको थियो ।
सातौं ओभरको अन्तिम बलमा आसिफ जैबको बलमा लङ अनमा ब्रेन्डन म्याकमुलनबाट क्याच भए । यसअघिका दुवै खेलमा आसिफ जैबको बलमा बोल्ड भएका थिए ।
पेभिलियन फर्किनुअघि आसिफले १८ बलमा ३३ रनको योगदान गरे । अहिले ओपनर लाहिरु मिलन्था ३७ रन बनाएर क्रिजमा छन् । उनलाई मोहम्मद मोहसिनले साथ दिइरहेका छन् ।
जनकपुरले आठ ओभरको समाप्तिमा ७७ रन जोडेको छ ।
भिडियो
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो