काठमाडौं । एभरेस्ट भलिबल क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगम बुधबार विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-० को सोझो सेटमा जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार सम्पन्न महिलातर्फ लिग चरणको अन्तिम खेल एभरेस्टले २५-२०, २५-२२, २९-२७ ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो जितसँगै पाँच खेलमा ९ अंक जोडेको एभरेस्ट तेस्रो स्थानमा छ । पराजित एपिएफ समान खेलबाट ६ अंकका साथ चौथो स्थानमा रह्यो ।
अब तेस्रो स्थानका लागि पनि एभरेस्ट र एपिएफ नै भिड्नेछन् ।
यसैगरी बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
उपाधिका लागि पनि पुलिस र न्यु डायमन्डबीचै प्रतिस्पर्धा हुनेछ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION