काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पञ्जाव किंग्ससामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पार्यो ।
बेङ्लुरुका लागि विराट कोहलीले ४३, कप्तान रजत पाटिदारले २६, लियम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले समान २४, रोमारियो शेफर्डले १७ तथा फिल साल्टले १६ रन बनाए ।
पञ्जावका लागि कायल जिमिसन र अर्शदीप सिंहले समान दुई तथा युजवेन्दर चहल, अज्मतुल्लाह ओमरजाई र विजयकुमार वैशाकले समान एक विकेट लिए ।
भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II