चैत्र ५, २०८२ बिहीबार | ००:११:३८
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

‘एसियन च्याम्पियनसिप खेल्न लामो तयारी र प्रभावकारी बाटो आवश्यक’

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले मंगलबारको फाइनलअघि एउटा खेलमा मात्रै पाँच सेटसम्म प्रतिस्पर्धा गर्नु परेको थियो ।

पहिलो खेलमा श्रीलंकाविरुद्ध सुरुआती दुई सेट गुमाएर बाँकी तीन सेट जितेको थियो । दुई वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सोझो सेटमा हराएको श्रीलंकाविरुद्ध जित निकाल्न नेपाललाई यसपाली कठिन चुनौती बन्यो ।

दुई वर्षअघि सोझो सेटमा पराजित भएको श्रीलंकाले पहिलो दुई सेटमा नेपाललाई १९ र २१ मा रोकेको थियो । त्यो प्रतिस्पर्धा नेपाली टोलीका लागि अनपेक्षित थियो भन्दा फरक नपर्ला । तर, दुई वर्ष अगाडि आफूसँग निरीह बनेको श्रीलंका त्यो स्तरको चुनौतीका लागि तयार भइसकेको नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट बताउँछन् ।

‘१३औं दक्षिण एसियाली खेलकुद (साग) मा हामीले श्रीलंकालाई सोझो सेटमा हराएका थियौ । तर यस प्रतियोगितामा श्रीलंका बलियो भएर आएको रहेछ । हाम्रोभन्दा उनीहरुको स्तर धेरै राम्रो थियो,’ उनले भने ‘यसपाली श्रीलंकासँग संघर्ष गर्न पर्नुलाई आश्चर्यजनक रुपमा लिनु हुन्न । तर हाम्रा खेलाडी पनि कम थिएनन् ।’

सन् २०१९ मा घरमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबल स्पर्धामा नेपाली टोलीले श्रीलंकालाई सोझो सेटमा हराए पनि उपाधि जित्न सकेको थिएन । फाइनलमा दक्षिण एसियाको सबभन्दा बलियो टोली भारतसामु कडा चुनौती प्रस्तुत गरेको महिला टोली ३–२ को सेटमा पराजित हुनु परेको थियो ।

कोभिड १९ को महामारीका कारण करिब दुई वर्षको आरामपछि भलिबलमा फर्किएका खेलाडीले एक महिनाको तयारीका भरमा प्रतियोगिता खेल्न बंगलादेश पुगेका थिए ।

दुई वर्षअघि बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनको पहिलो संस्करणमा  नेपालले उपाधि उचालेको थियो ।

लगातार दोस्रो पटक उपाधि चुमेको महिला खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर तथा निरन्तर प्रशिक्षण पाए आगामी संस्करण पनि जित्नेमा प्रशिक्षक भट्ट आशावादी छन् ।  

‘आगामी संस्करण पनि नेपालले जित्न सक्छ कि सक्दैन भन्ने कुरा हाम्रो प्रशिक्षण र हामीले कति अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छौं भन्नेमा भर पर्छ,’ उनले भने ।

यसपाली समूह चरणमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको नेपालले मंगलबार फाइनलमा त्यही प्रतिद्वन्द्वीबाट कडा चुनौती सामना गर्नुपर्यो । यद्यपि नेपालले ३–२ को सेटमा खेल जित्यो ।

‘हामीले कहिल्यै उज्वेकिस्तानसँग खेलेका थिएनौं । तर लिग चरणको खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा जिते पनि फाइनलमा पाँच सेटसम्म खेल्नुपर्यो,’ भट्टले भने, ‘उनीहरुको प्रदर्शन लिग चरण र फाइनलमा धेरै फरक थियो । लिग चरणको खेलअनुसार योजना बनाउँदा हामीले दबाब झेल्नुपर्यो ।’

प्रतियोगितामा अपराजित रहँदै उपाधि जिते पनि फाइनलमा भने नेपाली टोलीको प्रदर्शन निकै फितलो देखियो । फाइनलमा स्पाइक, ब्लक र रिसिभमा नेपाल कमजोर रहँदा विपक्षीको सर्विस भने राम्रो भएको भट्टको विश्लेषण छ ।

पछिल्ला वर्षहरुमा पुरुषको दाँजोमा राम्रो नतिजा निकालिरहेको महिला टोलीको प्रदर्शनमा थप निखार ल्याउन आफूभन्दा माथिल्लो स्तरको टोलीसँग बढीभन्दा बढी प्रतियोगिता खेल्नुपर्ने भट्टले बताए ।

‘महिला खेलाडीको स्तर अझ राम्रो बनाउन सबन्धित निकायबाट निरन्तर प्रशिक्षण गराउने व्यवस्था र खेलाडीको मनोबल उच्च बनाउन सेवा सुविधा पनि दिनुपर्छ,’ उनले भने, ‘मेरोभन्दा पनि राज्य र भलिबल संघको योजना हुनुपर्छ । खेलाडीलाई केही व्यवस्था भएन भने उपलब्धि निकाल्न सकिदैन । प्रशिक्षण गर्नको लागि इन्डोर कभर्डहलको व्यवस्था र अन्तर्राष्ट्रिय म्याच एक्सपोजर धेरै हुनुपर्छ ।’

एसियन च्याम्पियनसिपको लक्ष्य हासिल गर्न तयारीमा लामो र प्रभावकारी बाटो हिड्नुपर्ने भट्टको निचोड छ ।

‘विपक्षीको कमजोरी मध्यनजर गर्दै प्रशिक्षण गर्ने, आवस्यकतानुसार नयाँ खेलाडी ल्याउने गर्नुपर्छ । यसैगरी सफलता पनि हात पार्दै जाँदा एसियन च्याम्पियनसिप खेल्ने समय पनि आउँछ । तर त्यसको लागि समय लाग्छ । अहिले हामीले एसियन च्याम्पियनसिपको उत्कृष्ट १० मा पर्नमा ध्यान दिनुपर्छ,’ उनले खेलाडीसँगको कुराकानीमा भने ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं