माघ १७, २०८२ शनिबार | १०:१३:४७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

नेपाली महिला टोली एभिसी सेन्ट्रल जोन च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।

प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो । तर फाइनलमा सुरुआती सेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू कडा चुनौती प्रस्तुत गरेको थियो ।

रोमाञ्चक बनेको खेलमा नेपालले पहिलो सेट २६–२४ ले आफ्नो पारेपनि दोस्रो सेट उज्वेकिस्तानले २४–२६ ले जित्यो ।

उज्वेकिस्तानविरुद्वको खेलमा प्रशिक्षक भट्टले पहिलो रोजाईको खेलाडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका खेलाडी सरस्वती चौधरी, प्रतिभा प्रतिभा माली, कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सुनिता खड्का र शान्ती थारूलाई कोर्टमा उतारेका थिए ।

साविक विजेतासमेत रहेको नेपालले तेस्रो सेट २५–१५ को फराकिलो अंकको अन्तरमा आफ्नो बनाएपनि चौथों सेट २२–२५ ले उज्वेकिस्तानले जित्यो ।

ढाकास्थित सहिद सुरावर्दी अभर्डहलमा दुवै टोलीले दुई–दुई सेट जितेपछि खेलको निर्णय पाँचौ सेटमा पुगेको थियो । यसअघि नेपालसँग सोझो सेटमा हारको बदला लिने अवसरमा रहेको उज्वेकिस्तान सफल हुन सकेन ।

पाँचौ‍ सेटमा नेपालले १५-१० को जित निकाल्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

यसअघि नेपालले समूह चरणमा उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको थियो ।

दोस्रो सेटमा २३–१९ को लिड गरेको उज्वेकिस्तानका प्रशिक्षकले पहेंलो कार्डपछि रातो कार्डको दर्शन गरे । जसका कारण नेपालले एक अंक पायो ।

२४–२६ ले उज्वेकिस्तानले दोस्रो सेट आफ्नो बनायो । यस्तै तेस्रो सेटमा सुरुआती अंकबाटै दबाब दिएपनि नेपालले २५–१५ को फराकिलो अंकमा उज्वेकिस्तानमाथि दुई सेटमा जित निकाल्यो ।

नेपालले दुई वर्षअघि बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनको पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै कीर्तिमानी उपाधि हात पारेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।