चैत्र १२, २०८२ बिहीबार | २०:५२:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाली महिला टोली एभिसी सेन्ट्रल जोन च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।

प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो । तर फाइनलमा सुरुआती सेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू कडा चुनौती प्रस्तुत गरेको थियो ।

रोमाञ्चक बनेको खेलमा नेपालले पहिलो सेट २६–२४ ले आफ्नो पारेपनि दोस्रो सेट उज्वेकिस्तानले २४–२६ ले जित्यो ।

उज्वेकिस्तानविरुद्वको खेलमा प्रशिक्षक भट्टले पहिलो रोजाईको खेलाडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका खेलाडी सरस्वती चौधरी, प्रतिभा प्रतिभा माली, कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सुनिता खड्का र शान्ती थारूलाई कोर्टमा उतारेका थिए ।

साविक विजेतासमेत रहेको नेपालले तेस्रो सेट २५–१५ को फराकिलो अंकको अन्तरमा आफ्नो बनाएपनि चौथों सेट २२–२५ ले उज्वेकिस्तानले जित्यो ।

ढाकास्थित सहिद सुरावर्दी अभर्डहलमा दुवै टोलीले दुई–दुई सेट जितेपछि खेलको निर्णय पाँचौ सेटमा पुगेको थियो । यसअघि नेपालसँग सोझो सेटमा हारको बदला लिने अवसरमा रहेको उज्वेकिस्तान सफल हुन सकेन ।

पाँचौ‍ सेटमा नेपालले १५-१० को जित निकाल्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

यसअघि नेपालले समूह चरणमा उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको थियो ।

दोस्रो सेटमा २३–१९ को लिड गरेको उज्वेकिस्तानका प्रशिक्षकले पहेंलो कार्डपछि रातो कार्डको दर्शन गरे । जसका कारण नेपालले एक अंक पायो ।

२४–२६ ले उज्वेकिस्तानले दोस्रो सेट आफ्नो बनायो । यस्तै तेस्रो सेटमा सुरुआती अंकबाटै दबाब दिएपनि नेपालले २५–१५ को फराकिलो अंकमा उज्वेकिस्तानमाथि दुई सेटमा जित निकाल्यो ।

नेपालले दुई वर्षअघि बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनको पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै कीर्तिमानी उपाधि हात पारेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो