चैत्र १४, २०८२ शनिबार | ०६:५७:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाललाई उपाधि रक्षाको अवसर

काठमाडौं । मंगलबार बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् ।

साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

पाँच खेलमा सतप्रतिशत नतिजापछि नेपालले १४ अंक शीर्ष स्थान पक्का गरेको थियो भने उज्वेकिस्तान समान खेलमा १२ अंक जोड्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।

लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज नतिजा निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ ।

‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं,’ कप्तान अरूणा भन्छिन्, ‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालले स्वर्ण पदक जितेको थियो ।

समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

यो सफलता नै नेपाली महिला टोलीको आजसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो । त्यसयता नेपालले रजत र कास्य पदकमा चित्त बुझाउनु परेको थियो ।

अहिलेको टोलीमा त्यो ऐतिहासिक सफलता हात पार्दाका १२ खेलाडीमा मात्र ६ खेलाडी (प्रतिभा माली, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, सुनिता खड्का, अरूणा शाही) छन् । जसध्येबाट रेश्मा भण्डारी, कमला पुन, जानकी भट्ट, उषा विष्ट, निरूता थगुन्ना र पुनम चन्द टोलीमा छैनन् ।

उनीहरुको स्थानमा तीन नयाँ खेलाडी कामना विष्ट, लक्ष्मी चन्द र शान्ती थारूलाई टोलीमा समेट्दै नेपाल भलिबल संघले प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको थियो । जसमा दुई पुराना खेलाडी कृपा अधिकारी र मनिसा चौधरीले पुनरागमन गर्ने मौका पाएका थिए । यस्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी भलिबलमा कान्छी नामले परिचित उषा भण्डारी पनि टोलीमा छिन् ।

नेपाली महिला टोलीले सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पदक जितेको अवसरमा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवालले १२ खेलाडीलाई समान तीन लाख रूपैँयाले सम्मान गरेको थियो । साथै प्रशिक्षक र व्यवस्थापकलाई पनि दिने घोषणा गरेको थियो ।

बंगलादेश प्रस्थान गर्नुअघि खेलाडीसँगको कुराकानीमा प्रशिक्षक भट्टले च्याम्पियनको साख जोगाउने प्रतिबद्धता गरेका थिए ।

‘साविक विजेता हौं, लक्ष्य उपाधिको नै छ । प्रतियोगितामा उच्च मनोबलका साथ पहिलाको साख जोगाउने प्रतिबद्धता गर्छु,’ उनले भने, ‘विपक्षी राम्रो भएपनि हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा आशावादी छु ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो