वैशाख ९, २०८२ मंगलबार | ०७:००:३१
दुई अर्धशतकमा गुजरातले दियो कोलकातालाई १९९ रनको लक्ष्य रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने बराबरीमा रोकिए मध्यपुर र आरसिटी एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै दुई अर्धशतकमा गुजरातले दियो कोलकातालाई १९९ रनको लक्ष्य रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने बराबरीमा रोकिए मध्यपुर र आरसिटी एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा एपिएफबाट अञ्जनाको डेब्यू एन्फा राजनीतिको चपेटामा खेलाडी श्री कुमारीको रोमाञ्चक जित महिला फुटबल टिमको प्रशिक्षकका लागि एन्फाले खुलायो आवदेन एपिएफ र कर्णाली प्रतिस्पर्धा गर्दै कोलकाता र गुजरात भिड्दै

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल वैशाखमा, शेरबहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडी सम्मानित हुने

सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बायाँबाट प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सिता खड्का, केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी वैशाखमा आठौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतिष्ठानले २०७२ सालबाट नियमित रुपमा गर्दै आएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा वैशाख १० देखि १३ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनका अवसरमा मुख्य प्रायोजकका रुपमा केएनपी नेरोलेक पेन्टसँग सम्झौता पनि गरिएको थियो । पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा प्रतियोगितालाई साथ दिँदै आएको केएनपी नेरोलेकका तर्फबाट कन्ट्री हेड मनोजकुमार मिश्र र आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका तर्फबाट संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि केएनपी नेरोलेकका कन्ट्री हेड मिश्रले पहिलो वर्षदेखि नै प्रतियोगितामा सहकार्य गर्दा आफूहरु निक्कै उत्साहित रहेको बताए । उनले नेपाली खेलकुदको श्रीवृद्धिका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै थपे, ‘यो प्रतियोगितामा सुरुदेखि हामीले मुख्य प्रायोजकको रुपमा सहयोग गरिरहेका छौं । भविश्यमा पनि यसले निरन्तरता पाउनेछ ।’

पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएअनुसार प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, न्यु डायमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लब गरि ६ टोलीको सहभागिता रहनेछ । विगतका वर्षमा तीन विभागीय टिम र न्यु डायमण्ड एकेडेमी गरि चार टोलीको सहभागितामा प्रतियोगिता हुने गरेको थियो ।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन  गरिनेछ । पहिलो चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सम्झौतापत्र आदानप्रदानका क्रममा केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र (बायाँ) नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र प्रतिष्ठानकी संरक्षक गमली खड्का । तस्बिरः खेलाडी

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताको भागमा २ लाख ५० हजार रुपैयाँ पर्नेछ । यसैगरी तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सवोृत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई २५ हजार रुपैयाँका दरले प्रदान गरिनेछ  । यसैगरी प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाउनेछन् ।

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलाडी तथा टिमलाई प्रदान गरिने पुरस्कारमा कर कट्टा नगरिने जानकारी गराए । ५० लाख रुपैयाँको बजेट रहेको प्रतियोगितामा १३ लाख रुपैयाँ भन्दा बढि पुरस्कारमा खर्च हुने उनको भनाई थियो ।

सहभागी सबै खेलाडी, प्रशिक्षक, रेफ्री, अन्य प्राविधिकहरुको प्रतियोगिता सुरु हुनुभन्दा एक दिन अघिदेखि एक दिन पछिसम्मको बिमा पनि गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।

अध्यक्ष खड्काका अनुसार प्रत्येक वर्षझै एक जना महिला राष्ट्रिय खेलाडीलाई शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिने कार्यक्रमले यसपाली पनि निरन्तरता पाउनेछ । नेपाली महिला भलिबलमा विशेष योगदान गर्ने एक जना खेलाडीलाई प्रदान गरिने स्पेसल अवार्डबाट सम्मानित हुनेले नगद ५० हजार रुपैयाँसहित विभिन्न उपहारहरु पाउने अध्यक्ष खड्काले बताए ।

नेपाली घरेलु भलिबलमा सबभन्दा व्यवस्थित प्रतियोगिताका रुपमा स्थापित केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगिता पुरस्कारका दृष्टिले पनि देशको सबभन्दा राम्रो प्रतियोगिता रहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

‘नेपाली भलिबलमा यो सबभन्दा राम्रो प्रतियोगिता हो । यसको पुरस्कार राशी संघले गर्ने एनभिए लिगको भन्दा पनि राम्रो छ,’ यस्तै प्रतियोगिताका कारण नेपालमा भलिबल व्यावसायिक बन्दै गएको तर्क गर्दै अध्यक्ष चन्दले पत्रकार सम्मेलनमा भने, ‘खेलाडीका लागि यो प्रतियोगिता निक्कै राम्रो छ । यसले खेलाडीलाई प्रोत्साहित गर्ने काममा ठूलो योगदान गरेको छ । पछिल्ला वर्षहरुमा नेपाली भलिबलले अन्तर्राष्ट्रिय जगतमा हासिल गरेका सफलताको आधार निर्माण गर्न पनि यो प्रतियोगिताको योगदान महत्वपूर्ण छ ।’


भिडियो
ANJANA RANA MAGAR AND SARU LIMBU OF APF TALKING TO KHELADI II LUMBINI CUP II QF II KARNALI PFA
HIGHLIGHTS II APF FC VS KARNALI PFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP