काठमाडौं । टुसाल युवा क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै श्री कुमारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको छैटौं स्थानमा उक्लिएको छ।
तेस्रो जितसँगै श्री कुमारीले सात खेलबाट ९ अंक जोडेको छ । पराजित टुसालको समान खेलबाट ६ अंक छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार कुमारीलाई जित दिलाउन निशान्त प्रधान र विनोद धमलाले गोल गरे । टुसालका सुजन माझीले एक गोल फर्काए ।
खेलको ११औं मिनेट निशान्तको गोलमार्फत कुमारीले अग्रता लिएको थियो। ७६औं मिनेटमा विनोदले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित खेल सकिन चार मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै टुसाललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
भिडियो
ANJANA RANA MAGAR AND SARU LIMBU OF APF TALKING TO KHELADI II LUMBINI CUP II QF II KARNALI PFA
HIGHLIGHTS II APF FC VS KARNALI PFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP