वैशाख ९, २०८२ मंगलबार | १४:५९:०२
जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड फाइनल पुग्ने लक्ष्यमा आर्मी र पुलिस रोबर्टो कार्लोस नेपाल आइपुगे टोटनहम घरेलु मैदानमै पराजित गुजरातलाई दुई अंकको अग्रता दुई अर्धशतकमा गुजरातले दियो कोलकातालाई १९९ रनको लक्ष्य रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने बराबरीमा रोकिए मध्यपुर र आरसिटी एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा जसप्रीत बुमराह र स्मृति मन्धना विजडनको उत्कृष्ट खेलाडी यामलले पाए ‘ब्रेकथ्रु प्लेयर अफ द इयर’ अवार्ड फाइनल पुग्ने लक्ष्यमा आर्मी र पुलिस रोबर्टो कार्लोस नेपाल आइपुगे टोटनहम घरेलु मैदानमै पराजित गुजरातलाई दुई अंकको अग्रता दुई अर्धशतकमा गुजरातले दियो कोलकातालाई १९९ रनको लक्ष्य रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने बराबरीमा रोकिए मध्यपुर र आरसिटी एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा

एकतर्फी जित निकाल्दै एपिएफ सेमिफाइनलमा

नेपालगञ्ज । कर्णाली प्रदेश प्रदेश फुटबल संघविरुद्ध ६-० को एकतर्फी जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बाँकेको नेपालगञ्ज एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, गीता राना, अनिता केसी र सविता रानामगरले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलमा रेनुका नगरकोटे ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपिएफको लागि डेब्यू गरिन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् ।

खेलको १८औं मिनेटमा कर्णालीकी टिना रावतबाट आत्मघाती गोल हुन पुग्दा एपिएफले  अग्रता लिएको थियो । सविताको प्रहार टिनालाई लाग्दै गोल भएको थियो  ।

रेनुकाले ३५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । अनिताले दुई मिनेटपछि नै गोल गर्दा एपिएफ ३-० ले अगाडि बढ्यो ।

गीताले ५०औं मिनेटमा एपिएफले एपिएफका लागि चौथो गोल गरिन् । एक मिनेटपछि नै रश्मीकुमारीले टोलीलाई ५-० को अग्रता दिलाइन् ।

सविताले ५५औं मिनेटमा गोल गर्दा एपिएफले ६-० को सानदार जित दर्ता गर्यो । 

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । 


भिडियो
ANJANA RANA MAGAR AND SARU LIMBU OF APF TALKING TO KHELADI II LUMBINI CUP II QF II KARNALI PFA
HIGHLIGHTS II APF FC VS KARNALI PFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL INVITATIONAL FOOTBALL
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
APF FC VS KARNALI PFA II POST MATCH CONFERENCE II LUMBINI CUP
HIGHLIGHTS - RAUTAHAT DFA VS BANKE DFA Lumbini Cup women's international invitation Football
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP
RAUTAHAT DFA VS BANKE DFA POST MATCH CONFERENCE LUMBINI CUP