काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार कोलकता नाइट्स राइडर्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन् ।
खेल कोलकाताको इडेन गार्डेन्समा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
कोलकाता गुजरातलाई निरास बनाउँदै तालिकामा सुधार गर्न चहान्छ । अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकाता सात खेलबाट तीन जित र चार हारको नतिजासहित ६ अंकका साथ सातौं स्थानमा छ ।
याता शुभमन गिलको कप्तानीमा रहेको गुजरात पनि कोलकातालाई हराउँदै शीर्ष स्थानमा स्पष्ट अग्रता लिन चहान्छ । हाल सात खेलमा पाँच जित र दुई हारको नितजासहित १० अंक जोडेको गुजरात शीर्ष स्थानमै छ । तर पाँचौं स्थानसम्म रहेका टोलीको समान अंक छ ।
आइपिएलमा यी दुईबीच हालसम्म पाँच खेल भएका छन् । जसमा गुजरातले दुई र कोलकाताले एक जित निकाल्दा एक खेल विना नजिता टंगिएको छ ।
गत सिजन यी दुईबीचको खेल वर्षाका कारण हुन सकेको थिएन ।