माघ २३, २०८१ बुधबार | १३:२१:२८
नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा

नेपाल भलिबल लिगको तयारीमा तीव्रता

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको पुरुष फ्रेचाइज प्रतियोेगिता नेपाल भलिबल लिग (एनभिएल)को तयारीमा तीव्रता दिइएको छ ।

नेपालको व्यावसायिक घरना  केडिया ग्रुपले नेपाल भलिबल लिग गर्दै छ । केडिया ग्रुपले यस लिगमा ‘उचाइको नयाँ उडान’ भन्ने स्लोगन दिएको छ । सो स्लोगनजस्तै भलिबललाई पनि नयाँ उचाइ दिने लक्ष्यसहित केडिया ग्रुपले तयारी थालेको हो ।

नेपाली खेलकुदमा पछिल्ला समय एकपछि अर्को फ्रेन्चाइज लिग सञ्चालनमा भइरहेका छन् । यी आयोजनाले खेलमार्फत आम मानिसलाई आकर्षण पनि गरिरहेको छ । विश्वस्तरीय स्टार खेलाडी नेपालमा भित्रिँदा नेपालमा सर्वत्र चासो बढ्नु स्वाभाविक पनि हो । केडिया ग्रुप नेपाली खेलकुद समर्थकलाई ध्यानमा राखेर नै लिगलाई छिट्टै उचाइ र रोमाञ्चकता दिने प्रयासमा छ ।

नेपालमा पहिलोपल्ट पुरुष भलिबल लिग हुन लागेको हो । त्यसैले यसको सुरुआत राम्रो दिने लक्ष्यमा आयोजक छ । दीर्घकालमा यो फ्रेन्चाइजलाई दक्षिण एसियाकै उत्कृष्ट भलिबल लिगका रूपमा स्थापित गर्ने लक्ष्यमा आयोजक  छ ।

त्यसका लागि स्टार खेलाडी भित्राउने, आम दर्शकका लागि योजनासँगै व्यवस्थित रूपमा लिग आयोजना गर्न पछि नपर्ने आयोजकको भनाइ छ । यसअघि नै एनभिएलको लोगो सार्वजनिक भैसकेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए । साथै एनभिएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने पनि टुङ्गो लागिसकेको छ ।

हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल खेल लोकप्रिय रहेका क्षेत्र प्राथमिकता राख्ने योजनामा आयोजक छ । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले यसअघि नै स्पष्ट पारेको थियो । साथै ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछन् ।

लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ । भविष्यमा होम एन्ड अवेका आधारमा लिग आयोजना गर्ने केडिया ग्रुपको दीर्घकालीन लक्ष्य छ ।

नेपाल भलिबल संघले केडिया ग्रुपसँग सात वर्षका लागि लिग आयोजना दिनेगरी सम्झौता गरेको हो ।

अब छिटै मिति घोषणासँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने आयोजकले तयारी थालेको छ । मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्दता पनि छुट्टै टुंग्गो लगाइने भएको छ ।

एनभिएलका सिइओ अश्विन केडिया भलिबल राष्ट्रिय खेल भए पनि यसको थप उचाइका लागि व्यावसायिक लिगको आवश्यकता औंल्याएका छन् । त्यसैले तीन विदेशी खेलाडसहित ट्यालेन्ट हन्टमा सम्भावना बोकेका खेलाडी टिममा राख्न राम्रो माध्यम सिर्जना गर्ने उनले योजना बनाएका छन् । नयाँ  प्रतिभाले विश्वस्तर खेलाडीसँग खेल्न पाउँदा मात्र नेपालको राष्ट्रिय खेल विकासमा ठूलो टेवा पुग्ने उनको बुझाई छ ।

साथै घरेलु ९ खेलाडीले पनि स्तरीय लिगमार्फत आफ्नो प्रतिभा तिखार्ने अवसर पाउनेछन् । यो लिगमा अन्तराष्ट्रिय भलिबलमा माझ स्थापित गर्न कुनै कसर नराख्ने एनभिएलका सिइओ केडिया योजना छ ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE