माघ २३, २०८१ बुधबार | १३:३७:२२
नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा

टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

पोखरा । टाइगर  कप महिला तथा पुरुष भलिबल च्याम्पियनसमा सहभागी विभागीयबाहेक अन्य टोलीले विदेशी खेलाडी राख्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले भाग लिनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् ।

गण्डकी र आयोजकको टोलीमा समान विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । यसैगरी विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

२ हजार सिट क्षमताको प्यारापिट हुने 

 प्रतियोगितामा दर्शक क्षमता बढाएर २ हजार पुर्याइने भएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिता ज्ञवालीले जानकारी दिए । 

खेल हेर्नका लागि इ-सेवामार्फत अनलाइनबाट टिकट  काट्न सकिनेछ । ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । सिट नपाउने स्थिति नबनोस भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE