माघ २३, २०८१ बुधबार | १३:२२:४८
नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा

टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले विजेताले ५ लाख ८५ हजार ५५५ प्राप्त गर्ने भएका छन्।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको पुरस्कार राशिको बारेमा जानकारी दियो । आयोजकका अनुसार उपविजेतालाई २ लाख ८५ हजार ५५५ तथा तेस्रो स्थान हासिल गर्नेलाई १ लाख ८५ हजार ५५५ प्रदान गरिने छ ।

यस्तै माघ १२ गतेदेखि १९ गतेसम्म हुने पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको पाँचौं संस्करणमा दुवैतर्फ एक विदेशी टोलीको पनि सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ।

प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् ।

यस्तै, प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । एनसिएल  मुख्य प्रायोजकका रूपमा प्रतियोगितालाई साथ दिएको छ । 


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE