चैत्र १८, २०८२ बुधबार | १२:४१:१०
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

चुनौतीका सामना गर्न तयार

काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार देखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि घोषणा भएको महिला टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् ।

पहिलोपटक राष्ट्रिय टोलीमा पर्ने खेलाडीमा कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्द छन् । 

टोलीमा स्थान बनाएसँगै खेलाडीहरु राष्ट्रको लागि पदक जित्ने मौका पाएको अनुभूति गर्दै आफूमाथि चुनौती थपिएको बताउँछन् ।

तीन वर्षपछि घुँडाको चोटबाट मुक्त भएर भलिबलमा फर्किएकी कामना, बंगलादेशमा दुईवर्ष अघि सम्पन्न यहीं प्रतियोगिताको बन्द प्रशिक्षण परेर अन्तिम छनोटबाट बाहिरिएकी शान्ती र छोटो समयमा नै राष्ट्रिय टोलीमा स्थान बनाएकी लक्ष्मी के भन्छन् त ? यस विषयमा खेलाडी डटकमले गरेको कुराकानीः

कामना बिष्ट
तीन वर्षपछि चोटमुक्त भएर राष्ट्रिय टोलीमा पर्न सफल भए । मेरो पुनरागमन सुखद पार्ने लक्ष्यामा छु । 
धेरै खुशी लागेको छ । लामो समय पछि राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए ।
पहिला खेल राम्रो थियो । सबैजनाको आँखामा परेको पनि थिए । तर चोटको कारण सपना सपना नै भयो । एउटा खेलाडीको जीवन खेल खेल्दै गर्दा र खेलपछिको छुट्टै हुँदो रहेछ । खेल्दा सबैले सोधखोज गर्ने, खेल्न छोडिसकेपछि सक्यो अब भन्ने हुँदो रहेछ । घरपरिवार, आफन्त र साथीहरुले पनि खेल छोड्न सुझाएका थिए । 
आफ्नो इच्छा भनेको भलिबल नै हो । यसमै केही गर्छु भनेर लागेको थिए । चोटबिचमा कोहीबाट साथ पाए कोहीबाट अपहेलित पनि भए । तर आफूप्रतिको आत्मविश्वास, धैर्यता कहिले गुमाइन ।
२०७६ मा चिरायु अस्पतालमा अर्थाेस्कोपी गरेर हेर्दा (देब्रे) घुँडाको कार्डिलेज (कुर्करे हड्डी) मा घाउ भएको रहेछ । एमआरआइमा पनि नदेखिने रहेछ । अर्थाेस्कोपी गरेर हेर्दा घाउ भइसकेको रहेछ । 
अरुको नजमा म ठग, अल्छी भए । तर जुन दुख मलाई भएको थियो अरुलाई थाहा छैन । कामनाले चिरायु अस्पतालका डाक्टर अर्जुन लामिछानेको टिमको निगरानीमा परीक्षण गराएकी थिईन् । चिरायु अस्पताल महँगो थियो । खर्च बढ्दै गयो । पैसाको व्यस्थापन गर्न गाह्रो हुदै गयो । डाक्टरको टिमले शिक्षण अस्पताल महाराजगन्जमा बाँकी उपचार गर्न सुझाए । उपचार गराएर अहिले पुरा ठीक  भएर आएको छु। 
पुलिसमा हुँदा क्वीकर, ओपन स्पाइकर खेलेको थिए । अहिले अलराउण्डर खेलिरहेकी छु । 
राष्ट्रिय टोलीमा परेर मात्र हुँदैन । चुनौतीको रुपमा लिनुपर्छ । मैले क्लबको लागि खेलेको नसोचेर देशको लागि खेलेको मैले जे गर्छु देशको लागि हो भन्ने सोच बनाएर खेल्नुपर्छ । टोलीमा आफ्नो प्रभाव देखाउँछु ।

शान्ती थारु
दुई वर्षअघि बन्द प्रशिक्षणमा परेर पनि राष्ट्रिय टोलीमा छनोट हुन सकेको थिइन । अहिले टोलीमा छानिएको छु, धेरै खुशी लागेको छ । 
२०६५ देखि भलिबल खेल्न सुरु गरेको थिए । घरकाले साथ दिएपनि छरछिमेकले कुरा काट्थे । यसकी छोरी छोटो लुगा लगाएर हिड्छे भन्थें । विभाग (त्रिभुवन आर्मी क्लब) बाट खेलिरहेको छु र अहिले राष्ट्रिय टोलीमा छनोट भए । उनीहरुको मुख बन्द गर्न सके । 
ओपन स्पाइकरबाट प्रशिक्षण गरिरहेकी छु । 
एकचोटि राष्ट्रिय टोलीमा पर्ने मौका त गुमाए अब गुमाउन चाहन्न । अझै राम्रो गर्ने प्रयास गर्छु । आफूलाई प्रमाणित गर्नेछु ।

लक्ष्मी चन्द
राष्ट्रिय टोलीमा पर्ने सपना मेरोभन्दा पनि बुवा (विरबहादुर चन्द) को थियो । यति छिटै (२०७५ देखि भलिबल खेल्न सुरु गरेको) पुरा होला भनेर सोचेको थिइन । 
मेरो राम्रो हाइट (५ फिट ८ इन्च) भएर भलिबलमा लाग्न तारा भट्ट सर (मणिलेख माविका सर) ले सुझाव दिनुभएको थियो । सर र बुवाको भरोसाका कारण दुर्गम गाउँ (बैतडी) बाट आज यहाँसम्म आइपुगेको छु । 
बुवाको सपना पुरा गर्न सफल भए । आफूलाई अझै प्रमाणित गर्नुछ । यो मौकालाई त्यसै गुमाउन चाहन्न ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो