माघ १८, २०८२ आइतबार | १४:२४:३९
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

चुनौतीका सामना गर्न तयार

काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार देखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि घोषणा भएको महिला टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् ।

पहिलोपटक राष्ट्रिय टोलीमा पर्ने खेलाडीमा कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्द छन् । 

टोलीमा स्थान बनाएसँगै खेलाडीहरु राष्ट्रको लागि पदक जित्ने मौका पाएको अनुभूति गर्दै आफूमाथि चुनौती थपिएको बताउँछन् ।

तीन वर्षपछि घुँडाको चोटबाट मुक्त भएर भलिबलमा फर्किएकी कामना, बंगलादेशमा दुईवर्ष अघि सम्पन्न यहीं प्रतियोगिताको बन्द प्रशिक्षण परेर अन्तिम छनोटबाट बाहिरिएकी शान्ती र छोटो समयमा नै राष्ट्रिय टोलीमा स्थान बनाएकी लक्ष्मी के भन्छन् त ? यस विषयमा खेलाडी डटकमले गरेको कुराकानीः

कामना बिष्ट
तीन वर्षपछि चोटमुक्त भएर राष्ट्रिय टोलीमा पर्न सफल भए । मेरो पुनरागमन सुखद पार्ने लक्ष्यामा छु । 
धेरै खुशी लागेको छ । लामो समय पछि राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए ।
पहिला खेल राम्रो थियो । सबैजनाको आँखामा परेको पनि थिए । तर चोटको कारण सपना सपना नै भयो । एउटा खेलाडीको जीवन खेल खेल्दै गर्दा र खेलपछिको छुट्टै हुँदो रहेछ । खेल्दा सबैले सोधखोज गर्ने, खेल्न छोडिसकेपछि सक्यो अब भन्ने हुँदो रहेछ । घरपरिवार, आफन्त र साथीहरुले पनि खेल छोड्न सुझाएका थिए । 
आफ्नो इच्छा भनेको भलिबल नै हो । यसमै केही गर्छु भनेर लागेको थिए । चोटबिचमा कोहीबाट साथ पाए कोहीबाट अपहेलित पनि भए । तर आफूप्रतिको आत्मविश्वास, धैर्यता कहिले गुमाइन ।
२०७६ मा चिरायु अस्पतालमा अर्थाेस्कोपी गरेर हेर्दा (देब्रे) घुँडाको कार्डिलेज (कुर्करे हड्डी) मा घाउ भएको रहेछ । एमआरआइमा पनि नदेखिने रहेछ । अर्थाेस्कोपी गरेर हेर्दा घाउ भइसकेको रहेछ । 
अरुको नजमा म ठग, अल्छी भए । तर जुन दुख मलाई भएको थियो अरुलाई थाहा छैन । कामनाले चिरायु अस्पतालका डाक्टर अर्जुन लामिछानेको टिमको निगरानीमा परीक्षण गराएकी थिईन् । चिरायु अस्पताल महँगो थियो । खर्च बढ्दै गयो । पैसाको व्यस्थापन गर्न गाह्रो हुदै गयो । डाक्टरको टिमले शिक्षण अस्पताल महाराजगन्जमा बाँकी उपचार गर्न सुझाए । उपचार गराएर अहिले पुरा ठीक  भएर आएको छु। 
पुलिसमा हुँदा क्वीकर, ओपन स्पाइकर खेलेको थिए । अहिले अलराउण्डर खेलिरहेकी छु । 
राष्ट्रिय टोलीमा परेर मात्र हुँदैन । चुनौतीको रुपमा लिनुपर्छ । मैले क्लबको लागि खेलेको नसोचेर देशको लागि खेलेको मैले जे गर्छु देशको लागि हो भन्ने सोच बनाएर खेल्नुपर्छ । टोलीमा आफ्नो प्रभाव देखाउँछु ।

शान्ती थारु
दुई वर्षअघि बन्द प्रशिक्षणमा परेर पनि राष्ट्रिय टोलीमा छनोट हुन सकेको थिइन । अहिले टोलीमा छानिएको छु, धेरै खुशी लागेको छ । 
२०६५ देखि भलिबल खेल्न सुरु गरेको थिए । घरकाले साथ दिएपनि छरछिमेकले कुरा काट्थे । यसकी छोरी छोटो लुगा लगाएर हिड्छे भन्थें । विभाग (त्रिभुवन आर्मी क्लब) बाट खेलिरहेको छु र अहिले राष्ट्रिय टोलीमा छनोट भए । उनीहरुको मुख बन्द गर्न सके । 
ओपन स्पाइकरबाट प्रशिक्षण गरिरहेकी छु । 
एकचोटि राष्ट्रिय टोलीमा पर्ने मौका त गुमाए अब गुमाउन चाहन्न । अझै राम्रो गर्ने प्रयास गर्छु । आफूलाई प्रमाणित गर्नेछु ।

लक्ष्मी चन्द
राष्ट्रिय टोलीमा पर्ने सपना मेरोभन्दा पनि बुवा (विरबहादुर चन्द) को थियो । यति छिटै (२०७५ देखि भलिबल खेल्न सुरु गरेको) पुरा होला भनेर सोचेको थिइन । 
मेरो राम्रो हाइट (५ फिट ८ इन्च) भएर भलिबलमा लाग्न तारा भट्ट सर (मणिलेख माविका सर) ले सुझाव दिनुभएको थियो । सर र बुवाको भरोसाका कारण दुर्गम गाउँ (बैतडी) बाट आज यहाँसम्म आइपुगेको छु । 
बुवाको सपना पुरा गर्न सफल भए । आफूलाई अझै प्रमाणित गर्नुछ । यो मौकालाई त्यसै गुमाउन चाहन्न ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।