चैत्र ११, २०८२ बुधबार | ०९:४०:५०
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

सेन्ट्रल जोनमा नेपालको लक्ष्य स्वर्ण पदक

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबलमा अझैसम्म कुनै उपाधि जित्न नसकेको नेपाली पुरुष भलिबल टोलीले अर्को महिना हुने एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदकमा कब्जा जमाउने लक्ष्य राखेको छ ।

चार वर्षअघि माल्दिभ्समा यही प्रतियोगिताको तेस्रो संस्करणमा जितेको कांस्य पदक नेपाली पुरुष भलिबलको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । तर यसपाली भने टोली त्यो उपलब्धिमा सुधार गर्ने लक्ष्यसहित पछिल्लो एक महिनादेखि अभ्यासरत छ ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक डच नागरिक हान एबिङ भन्छन्, ‘लामो समयपछि प्रशिक्षणमा फर्कन पाउँदा हामी उत्साहित छौं । प्रतियोगिताका लागि तयारी राम्रो भइरहेको छ । निरन्तर प्रशिक्षणमा रहने विभागीय टोलीका खेलाडीहरु धेरै छन् । त्यसैले त्यति समस्या छैन । विगतका कमजोरीलाई सुधार्दै प्रशिक्षण गरिरहेका छौं । फिटनेसमा पनि सुधार हुँदै गइरहेको छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग) पछि टोलीले एकसाथ प्रशिक्षण गर्न पाएको थिएन ।

बंगलादेशमा पुस ६ देखि १४ सम्म हुने सेन्ट्रल जोनका लागि नेपाल भलिबल संघले मंसिर तीन गते देखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक बंगलादेशसहित नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तान गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दुई वर्षअघि घरेलु भूमिमा भएको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाली पुरुष टोली समूह चरणबाटै बाहिरिएर पाँचौ स्थानमा सीमित भएको थियो ।

ब‍ंगलादेशको ढाकामा हुने एभिसी सेन्ट्रल जोन प्रतियोगिताका लागि अभ्यासरत नेपाली राष्ट्रिय भलिबल टोली । तस्बिर : कबिर महर्जन/खेलाडी

समूह चरणमा कीर्गीस्तान र माल्दिभ्ससँग सोझो सेटमा पराजित भएको नेपालले प्लेअफमा अफगानिस्तानलाई ३–१ ले हराएर पाँचौं भएको थियो ।

माल्दिभ्ससँग हारको बदला लिने योजनामा टोली सबै पक्षबाट तयार रहेको एबिङ बताउँछन् ।

‘श्रीलंका माल्दिभ्स भन्दा धेरै राम्रो छ । हामीले उनीहरुलाई विश्लेषण गर्न जरुरी छ । हामी कुनै पक्षमा कमजोर छौ जस्तो लाग्दैन । सर्भिस, स्पाइक, रिसिभ र डिफेन्स राम्रो छ, त्यसमा अझै काम गरिरहेका छौ,’ उनले भने, ‘दुई वर्षपछि प्रतियोगिता खेल्न जाँदैछौं । धेरै चुनौती छन् । दुई वर्षअघि थन्क्याइएको मोटरलाई चलाउनु जत्तिकै भएको छ । तर पनि खेलाडीमा राष्ट्रको लागि केही गर्छु भन्ने विश्वास छ, जोस जागर छ । हामीसँग मात्र बलियो पक्ष छ कमजोरी पक्ष छैन । राम्रा ब्लकर, स्पाइकर, लिब्रो छन् ।’

एबिङकै नेतृत्वमा दुई वर्षअघि नेपाली टोली एभिसी सेन्ट्रल जोनमा नतिजाको साथै प्रर्दशनमा पनि फितलो देखिएको थियो । तर यसपटक दुवै पक्षमा सुधार गर्ने उनी बताउँछन् ।

‘अहिलेका खेलाडीमा धेरै सुधार भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट अनुभव बटुलेका छन् । रविन चन्द दुई वर्षअघि देखेकोभन्दा धेरै राम्रो भएका छन् । नेपालमा राम्रो जम्प भएका खेलाडी पनि छन् । युवा खेलाडी पनि राम्रा छन्,’ एबिङले भने, ‘हाम्रो लक्ष्य भनेको प्रत्येक खेलमा सुधार गर्दै सेन्ट्रल जोनमा स्वर्ण पदक जित्ने सपना पूरा गर्ने हो ।’

२०७२ देखि नेपाली पुरुष भलिबल टोलीको कप्तानी सम्हालेका इमबहादुर रानामगरले कम समयका बाबजुद स्वर्ण पदक जित्ने लक्ष्यमा आफूहरुले धेरै मिहिनेत गरेको बताए ।

२०६३ देखि नियमित रुपमा राष्ट्रिय टोलीबाट खेल्दै आएका इमबहादुर भन्छन्, ‘ पहिलाभन्दा अहिलेको टोली धेरै राम्रो छ । युवा खेलाडीमा जोस र जागर छ । त्यहीं किसिमको ऊर्जा छ, समायोजन राम्रो छ । तयारीका लागि अली धेरै समय पाएको भए अझ राम्रो हुने थियो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो