माघ १७, २०८२ शनिबार | ०५:४५:३२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

सेन्ट्रल जोनमा नेपालको लक्ष्य स्वर्ण पदक

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबलमा अझैसम्म कुनै उपाधि जित्न नसकेको नेपाली पुरुष भलिबल टोलीले अर्को महिना हुने एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदकमा कब्जा जमाउने लक्ष्य राखेको छ ।

चार वर्षअघि माल्दिभ्समा यही प्रतियोगिताको तेस्रो संस्करणमा जितेको कांस्य पदक नेपाली पुरुष भलिबलको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । तर यसपाली भने टोली त्यो उपलब्धिमा सुधार गर्ने लक्ष्यसहित पछिल्लो एक महिनादेखि अभ्यासरत छ ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक डच नागरिक हान एबिङ भन्छन्, ‘लामो समयपछि प्रशिक्षणमा फर्कन पाउँदा हामी उत्साहित छौं । प्रतियोगिताका लागि तयारी राम्रो भइरहेको छ । निरन्तर प्रशिक्षणमा रहने विभागीय टोलीका खेलाडीहरु धेरै छन् । त्यसैले त्यति समस्या छैन । विगतका कमजोरीलाई सुधार्दै प्रशिक्षण गरिरहेका छौं । फिटनेसमा पनि सुधार हुँदै गइरहेको छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग) पछि टोलीले एकसाथ प्रशिक्षण गर्न पाएको थिएन ।

बंगलादेशमा पुस ६ देखि १४ सम्म हुने सेन्ट्रल जोनका लागि नेपाल भलिबल संघले मंसिर तीन गते देखि बन्द प्रशिक्षण सुरु गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक बंगलादेशसहित नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तान गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दुई वर्षअघि घरेलु भूमिमा भएको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाली पुरुष टोली समूह चरणबाटै बाहिरिएर पाँचौ स्थानमा सीमित भएको थियो ।

ब‍ंगलादेशको ढाकामा हुने एभिसी सेन्ट्रल जोन प्रतियोगिताका लागि अभ्यासरत नेपाली राष्ट्रिय भलिबल टोली । तस्बिर : कबिर महर्जन/खेलाडी

समूह चरणमा कीर्गीस्तान र माल्दिभ्ससँग सोझो सेटमा पराजित भएको नेपालले प्लेअफमा अफगानिस्तानलाई ३–१ ले हराएर पाँचौं भएको थियो ।

माल्दिभ्ससँग हारको बदला लिने योजनामा टोली सबै पक्षबाट तयार रहेको एबिङ बताउँछन् ।

‘श्रीलंका माल्दिभ्स भन्दा धेरै राम्रो छ । हामीले उनीहरुलाई विश्लेषण गर्न जरुरी छ । हामी कुनै पक्षमा कमजोर छौ जस्तो लाग्दैन । सर्भिस, स्पाइक, रिसिभ र डिफेन्स राम्रो छ, त्यसमा अझै काम गरिरहेका छौ,’ उनले भने, ‘दुई वर्षपछि प्रतियोगिता खेल्न जाँदैछौं । धेरै चुनौती छन् । दुई वर्षअघि थन्क्याइएको मोटरलाई चलाउनु जत्तिकै भएको छ । तर पनि खेलाडीमा राष्ट्रको लागि केही गर्छु भन्ने विश्वास छ, जोस जागर छ । हामीसँग मात्र बलियो पक्ष छ कमजोरी पक्ष छैन । राम्रा ब्लकर, स्पाइकर, लिब्रो छन् ।’

एबिङकै नेतृत्वमा दुई वर्षअघि नेपाली टोली एभिसी सेन्ट्रल जोनमा नतिजाको साथै प्रर्दशनमा पनि फितलो देखिएको थियो । तर यसपटक दुवै पक्षमा सुधार गर्ने उनी बताउँछन् ।

‘अहिलेका खेलाडीमा धेरै सुधार भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट अनुभव बटुलेका छन् । रविन चन्द दुई वर्षअघि देखेकोभन्दा धेरै राम्रो भएका छन् । नेपालमा राम्रो जम्प भएका खेलाडी पनि छन् । युवा खेलाडी पनि राम्रा छन्,’ एबिङले भने, ‘हाम्रो लक्ष्य भनेको प्रत्येक खेलमा सुधार गर्दै सेन्ट्रल जोनमा स्वर्ण पदक जित्ने सपना पूरा गर्ने हो ।’

२०७२ देखि नेपाली पुरुष भलिबल टोलीको कप्तानी सम्हालेका इमबहादुर रानामगरले कम समयका बाबजुद स्वर्ण पदक जित्ने लक्ष्यमा आफूहरुले धेरै मिहिनेत गरेको बताए ।

२०६३ देखि नियमित रुपमा राष्ट्रिय टोलीबाट खेल्दै आएका इमबहादुर भन्छन्, ‘ पहिलाभन्दा अहिलेको टोली धेरै राम्रो छ । युवा खेलाडीमा जोस र जागर छ । त्यहीं किसिमको ऊर्जा छ, समायोजन राम्रो छ । तयारीका लागि अली धेरै समय पाएको भए अझ राम्रो हुने थियो ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।