चैत्र ६, २०८२ शुक्रबार | ००:१५:५५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सन्तुलित टोलीबाट उपाधि रक्षाको लक्ष्यः मुख्य प्रशिक्षक भट्ट

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नयाँ खेलाडीबाट धेरै अपेक्षा गरेको बताएका छन् ।

‘महिला भलिबल टोलीमा नयाँ खेलाडी आउनु भनेको समग्र भलिबलका लागि नै राम्रो कुरा हो । घरेलु प्रतियोगिताका साथै प्रशिक्षणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तीन नयाँ खेलाडी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्,’ भट्टले भने, ‘अनुभवीसँगै युवा खेलाडीको सन्तुलित टोली बनेको छ र त्यसबाट हामीले धेरै आशा गरेको छौ । टोलीको मनोबल पनि उच्च छ ।’

बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ सम्म हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली विगत एक महिना देखी निरन्तर बन्द प्रशिक्षणमा छ ।

कात्तिक २८ देखि २० सदस्यीय खेलाडीलाई समेट्दै प्रशिक्षणको सुरुआत गरेको महिला टोलीको छनोटबाट पहिलो चरणमा पाँच खेलाडी र दोस्रो चरणबाट तीन खेलाडी बाहिरिएका थिए ।

लक्ष्मी चन्द, शान्ति थारु र कामना विष्टले पहिलो पटक नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा स्थान बनाए ।  

प्रशिक्षक भट्ट भन्छन्, ’कृपा अधिकारी र मनिसा चौधरी पुराना खेलाडी हुन्, बाँकी खेलाडीले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेर आफूलाई स्थापित गरिसकेका छन् । टोली राम्रो भएको प्रतिस्पर्धीहरु बढ्नाले नै हो । अहिले धेरै सरप्राइज छ को पर्छ को पर्दैन थाहा हुँदैन। हिजोसम्म उनीहरुले टोलीमा पर्नका लागि मिहिनेत गर्थे भने अब जित्न लागि मिहिनेत गर्छन् ।’

कोभिड १९ महामारीका कारण देशभर लकडाउन भएपछी खेलाडीको फिटनेसमा समस्या देखिए पनि अहिले राम्रो भएको उनी बताउँछन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक र सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दाको टोलीभन्दा अहिले उत्कृष्ट टोली बनेको भट्टको दाबी छ ।

’यसअघि राष्ट्रिय टोलीमा भएका खेलाडीले हामीले जहिले पनि खेल्न पाउँथ्यौ भनेर आत्मविश्वासका साथ खेल्थे तर अब नयाँ खेलाडी आएपछि मिहिनेत गर्नुपर्छ भन्ने मानसिकता विकास भएको छ, भट्ट भन्छन् ।

२००६ देखि राष्ट्रिय टोलीको प्रशिक्षण गराइरहेका भट्टले टोलीको सर्भिस, ब्लक र स्पाइक राम्रो भएको बताए ।

’उज्वेकिस्तान, कीर्गीस्तान, नेपाल र श्रीलंका उस्तै छ । बंगलादेश र माल्दिभ्स हामी भन्दा तल छ ।कीर्गीस्तानलाई हामीले पहिला हराएका थियौ । तर उनीहरु राम्रो छन् । व्यक्तिगत स्रोतबाट प्रशिक्षणको भिडियो मागेर हेरिरहेका छौ र त्यसैअनुसार तयारी गरेका छौं । हामीले सर्भिस, ब्लक र स्पाइकलाई राम्रो बनाएका छौ,’ उनले भने ।

यस्तै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले अभ्यास खेल खेल्न नपाएपनि उत्कृष्ट प्रदर्शनका साथ उपाधि रक्षा गर्नमा केन्द्रित रहेको बताइन् ।

’प्रशिक्षण राम्रो भइरहेको छ । नयाँ खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । यो प्रतियोगितालाई अवसरको रुपमा लिएका छौ । साविक विजेता हौ ।यस पटक पनि लक्ष्य च्याम्पियन बन्ने हो । नयाँ र पुराना खेलाडीको समायोजन राम्रो छ,’ उनले भनिन्, ’अभ्यास खेलको कमी भएको त छ तर  पनि  हामी कमीकमजोरी सुधार गर्दै उपाधि गर्न केन्द्रित छौं ।'

गत वर्ष प्रतियोगितामा सहभागी नभएको उज्वेकिस्तानले  यसपटक प्रतिस्पर्धा गर्ने भएको छ । यसपटक नेपाललाई उपाधी रक्षा गर्न निकै गाह्रो हुने भएपनि अरुणाले यसलाई चुनौतीको रुपमा लिएकी छिन् ।

अरुणा भन्छिन्, ’उज्वेकिस्तान हाम्रो लागि नयाँ टोली हो । उनीहरुको खेल हेरेका छौ । श्रीलंकालाई गत वर्ष जिते पनि टोली धेरै राम्रो छ । हाम्रो सर्भिस, रिभिस र ब्लक राम्रो भएको छ । स्पाइकरहरु पनि राम्रा छन् ।’

नेपाली राष्ट्रिय भलिबल टोलीको पहिलो कप्तानीमै स्वर्ण पदक दिलाएकी अरुणाको सबैले तारिफ गरेका थिए । तर अरुणा भने त्यस प्रतियोगितामा आफ्नो प्रदर्शनबाट असन्तुष्ट छिन् ।

’गत वर्ष मैले उत्कृष्ट गरेको जस्तो लाग्दैन, टोली राम्रो भएर जितेका हौ । हाम्रो त्यतिबेला ‘लक’ ले पनि साथ दिएको थियो । अहिले आफ्नो प्रदर्शन राम्रो भएको छ कि भन्ने महसुस गरेको छु । त्योभन्दा अझै राम्रो गर्छु भन्ने सोचेको छु अरुणाले भनिन् ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो