काठमाडौं । शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबलाई सम्मान गरेको छ ।
मंगलबार राजधानीको नक्सालस्थित म्यारियट होटलमा विजेता टोलीका सदस्यलाई जनही ५० हजार एक रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो
यसबाहेक शिखले प्रोत्साहनस्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई थप १ लाख एक र विधागत उत्कृष्ट हुनेलाई ५० हजार एक रुपैयाँ प्रदान गर्यो ।
माल्दिभ्समा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले च्याम्पियनसिपको उपाधि जितेको थियो ।
च्याम्पियनसिपमा उषा भण्डारी सर्वोकृकृष्ट खेलाडी र उत्कृष्ट आउटसाइड हिटर, शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर चुनिएका थिए ।
च्याम्पियनसिपमाआयोजकसँगै नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए ।
पुलिसले लिग चरणामा हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को, माल्दिभ्सको वाम्को क्लबलाई ३-२ तथा माल्लिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
गत चैत्रमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिग विजेताको हैसियतामा पुलिसले काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।
टोलीको प्रशिक्षणमा रुपेशकुमार विष्ट, व्यावस्थापकमा श्रवणकुमार झा र फिजियो थेरापिस्टमा भरतकुमार झा थिए ।
सम्मान कार्यक्रममा इन्स्युरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दीप प्रकाश पाण्डे, पूर्व मन्त्री रामकुमारी झाक्री, ओलम्पियन दीपक विष्टलगायतको उपस्थिति थियो ।
पुलिसको टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, कोपिला राना, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सरस्वती कट्टेल, लक्ष्मी चन्द