फाल्गुन १९, २०८२ मंगलबार | १०:३०:३७
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन नेपाली क्रिकेट

क्यानाडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ?

काठमाडौं । ‘क्यानाडामा खेल्न केही गाह्रो हुन्छ । तर, भारत र श्रीलंकाको अभ्यासले हामीलाई केही सहज बनाएको छ । सबै खेलाडी चुनौतीको सामना गर्न तयार छौं । उत्कृष्ट नतिजा निस्कन्छ भन्नेमा आसावादी छु,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानले आइसिसी विश्कप लिग २ खेल्न क्यानडा जानुअघि भनेका थिए ।

सन्दीपको भनाइबाट नेपाली टोली उच्च मनोबलसाथ क्यानडा गएको थियो भन्ने बुझ्न सकिन्छ । क्यानडा शृंखलका लागि नेपाली खेलाडी जति उत्साही र आत्मविश्वासी थिए, मैदानमा भने त्यस्तो प्रदर्शन देखिएन ।

घरेलु मैदानमै भएको पहिलो शृंखलामा खराब प्रदर्शन गरेको नेपालका लागि यो शृंखला आफ्नो लय समात्न सुनौलो अवसरको रूपमा थियो । तर निराशाजनक प्रदर्शन गरेको टोली जितविहीन बन्यो ।

नेपाली खेलाडीमा धैर्यको कमी देखिएको छ । ब्याटरहरू प्रायः खराब शटकै कारण पेभेलियन फर्किरहेका छन् ।

क्यानाडा शृंखलामा नेपालले ४ खेल खेल्दा ३ हार भोगेको छ ।  १ खेल वर्षाका कारण रद्द हुँदा अंक बाँड्यो । नेपाल क्यानडासँग १०३ रन र ५ विकेट तथा ओमानसँग १ विकेटले पराजित भयो । ओमानसँगको अर्को खेल भने वर्षाका कारण रद्द भएको हो ।

नेपालका कप्तान रोहित पौडेल र गुलसन झाले ओमनाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । क्यानाडाविरुद्धको दोस्रो खेलमा सन्दीप लामिछाने अर्धशतक बनाउन १ रनले चुकेका थिए । यीबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

नेपाल र क्यानाडा प्रतिस्पर्धा गर्दै । 

बलिङतर्फ गुलसनले ओमानविरुद्ध ५ विकेट लिनु नै नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन देखियो । कप्तान रोहित र दीपेन्द्रसिंह ऐरी  १ महिनाभन्दा लामो समयदेखि क्यानाडामै थिए । सन्दीप लामिछाने पनि क्यानडामै खेलेर फर्किएका थिए ।

क्यानाडाको वातावरणमा भिजेकाले उनीहरूबाट उच्च प्रदर्शनको आस गरिएको थियो । तर, पहिलो खेलमा ८ रनमै आउट भएपछि दीपेन्द्रले त्यसपछिका दुई खेलमा मौका नै पाएनन् । रोहित पनि क्यानडाविरुद्ध कमजोर देखिए । उनले क्यानडाविरुद्ध क्रमशः ५ र ४ रन तथा ओमानविरुद्ध ६० रन बनाएका थिए ।

सन्दीपले बलिङमा राम्रो गर्न नसके पनि ब्याटिङबाट केही आस देखाए । उनले ३ खेलमा क्रमशः २२, ११ र ४९ रन बनाए । ३ खेल खेल्दा कुनै पनि नेपाली ब्याटरले १०० छुन सकेनन् ।

‘हामीले आफूले खेल्नुपर्ने कन्डिसनअनुसार तयारी गर्न सकेनौ । क्यानाडामा खेल्नुपर्ने खेलका लागि श्रीलंका गएर अभ्यास गर्यौं । त्यहाँ पनि वर्षाका कारण राम्रो तयारी गर्न पाएनौं,’ चौधरीले सुनाए, ‘खेलाडीले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेनन् ।’

अघिल्लो संस्करणमा अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै मुस्किलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको नेपाल अहिले खराब लयबाट गुज्रिइरहेको छ । सुरुआती २ शृंखलामा ८ खेल खेल्दा नेपालले मात्र १ जित निकालेको छ  । नेपाल ३ अंकसाथ सातौं स्थानमा छ । नेपालले यी आठमध्ये मात्र एक खेलमा पूरा ५० ओभरम ब्याटिङ गरेको छ । त्यो थियो ओमानविरुद्ध ।

नेपाल र क्यानाडाबीच टस हुँदै ।

प्रशिक्षक मोन्टी देसाइको आगमनपछि पछिल्लो दुई वर्षमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा आफ्ना ब्याटिङ समस्या सुधार भएको संकेत दिएको थियो । तर, अहिले फेरि पुरानै समस्या दोहोरिन थालेको छ ।

नेपाली खेलाडीमा धैर्यको कमी देखिएको छ । ब्याटरहरू प्रायः खराब शटकै कारण पेभेलियन फर्किरहेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी राम्रो तयारी हुन नसक्दा राम्रो नतिजा आउन नसकेको बताउँछन् । ‘हामीले आफूले खेल्नुपर्ने कन्डिसनअनुसार तयारी गर्न सकेनौ । क्यानाडामा खेल्नुपर्ने खेलका लागि श्रीलंका गएर अभ्यास गर्यौं । त्यहाँ पनि वर्षाका कारण राम्रो तयारी गर्न पाएनौं,’ चौधरीले सुनाए, ‘खेलाडीले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेनन् ।’

उनी नेपाली खेलाडी मानसिक रूपमा पनि कमजोर देखिएको तर्क गर्छन् । उनले विश्लेषण गरे, ‘खेलाडीको मनोबल पनि खस्किए जस्तो मैले अनुभव गरें । ब्याटिङमा मात्र नभएर फिल्डिङ र बलिङमा पनि नेपालको प्रदर्शन कमजोर रह्यो । फिल्डिङमा धेरै कमजोरी देखियो । बलिङ पनि औसत रह्यो । ओमानविरुद्ध जित्नुपर्ने खेल गुमायौं । अन्त्यतिर खेलाडीले दबाब झेल्न सकेनन् । यसबाट पनि थाहा हुन्छ हाम्रा खेलाडी मानसिक रूपमा कमजोर थिए ।’