आश्विन १२, २०८१ शनिबार | ०७:१८:२५
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन
शनिबारको दिन राष्ट्रिय महिला लिग

महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन

काठमाडौं । एन्फा महिला लिग फुटबल-२०२४ मा सिधा-सिधा भन्दा दुई फरक प्रतियोगिता चलिरहेको थियो । एकातर्फ थिए तीन विभागीय टोली । सबैलाई थाहा थियो एपिएफ, आर्मी र पुलिस नै शीर्ष तीनमा रहने छन् । भयो यस्तै । यस्तोमा अर्को प्रतियोगिता चलेको थियो गैरविभागीय टिमबीच । त्यसमा सबैभन्दा अगाडि रहे वालिङ र कोशी प्रदेश टिम ।

त्यसैले यिनै दुई टिम सुपर लिगमा शीर्ष पाँचमा रहेर प्रवेश गरे । महिला लिगको पहिलो चरणको अन्तिम अंकतालिकाको वरीयता त शनिबारको खेलपछि मात्रै तयार हुनेछ । तर त्यसअघि नै गैरविभागीय टिमबीचको मात्र लिग तालिका भने तयार भइसकेको छ । यो मूल अंक तालिकाभन्दा केही फरक छैन ।

वालिङ रह्यो ‘अल्टरनेटिभ’ च्याम्पियन अनि कोशी ‘अल्टरनेटिभ’ उपविजेता । यस लिगमा समग्रमै सबैभन्दा बलियो सुरुआत लिने टिम नै कोशी थियो । तेस्रो चरणको समाप्तिमा शीर्षमै थियो कोशी । 

तर, एउटा उत्तिकै महत्त्वपूर्ण अन्तर छ । कुल १० टिमको सहभागिता रहेको यस लिगमा सात गैरविभागीय टिम भए । यी सात टिमले विभागीय टिमविरुद्ध खोसेको भनेकै एक अंक मात्रै हो । त्यसैले मज्जाले भन्न सकिन्छ, सबैभन्दा बहुमूल्य अंक यही रह्यो । चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो ।

वालिङ नगरपालिका र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

त्यस अर्थमा यो लिगमा कुनै सान्त्वना पुरस्कार दिने चलन रहेको भए त्यसको हकदार यही चन्द्रपुर हुने थियो । तर चन्द्रपुर शीर्ष पाँचमै परेन । अझ गैरविभागीय टिममध्ये पनि पाँचौंमा मात्र रह्यो । यस्तो तेस्रो स्थान बागमतीको रह्यो । चौथोमा पर्यो संकटा क्लब । त्यसपछि कर्णाली र पुछारमा भने सुदूरपश्चिम थियो ।

यो अर्थमा वालिङ रह्यो ‘अल्टरनेटिभ’ च्याम्पियन अनि कोशी ‘अल्टरनेटिभ’ उपविजेता । यस लिगमा समग्रमै सबैभन्दा बलियो सुरुआत लिने टिम नै कोशी थियो । तेस्रो चरणको समाप्तिमा शीर्षमै थियो कोशी । टोलीले उद्घाटन खेलमै वालिङलाई हराएको थियो । तर, चौथो चरणयता कोशीले लगातार खराब खेल्यो ।

तर सुपर लिग पुग्न सकेकामा वालिङ खुसी छ अनि कोशी पनि । उनीहरूसामु अबको एक महिनाभन्दा केही बढी समय हुनेछ, आफ्नो टिमलाई तयार पार्ने ।

संकटा र चन्द्रपुरविरुद्धको बराबरीले कोशीलाई ठूलै घाटा दिलायो । यसको ठीक उल्टो, वालिङले त्यो पहिलो खेल त गुमायो, तर त्यसपछि गैरविभागीय टिमविरुद्धका सबै पाँच खेल लगातार जित्यो । यस्तोमा गैरविभागीय टिममध्ये वालिङको च्याम्पियनको जस्तो प्रदर्शन रह्यो । टोलीको एपीएफ र पुलिसविरुद्धको खेलमा प्रदर्शन पनि राम्रै थियो । भलै त्यसमा नतिजामा हार रह्यो ।

वालिङ नगरपालिका र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

वालिङ एपिएफसँग २-१ र पुलिससँग २-० ले हारेको थियो । आर्मीसँगको खेलमा भने वालिङले नराम्रोसँग माथ खायो । त्यसमा हारको अन्तर थियो ८-० । तीन विभागीय टिमविरुद्ध कोशीको प्रदर्शन भने राम्रो रहेन । कोशी पुलिससँग ४-०, आर्मीसँग ५-० र एपीएफसँग ८-० ले हार्यो । तीनै खेलमा टोलीको प्रदर्शन कमजोर रह्यो ।

तर सुपर लिग पुग्न सकेकामा वालिङ खुसी छ अनि कोशी पनि । उनीहरूसामु अबको एक महिनाभन्दा केही बढी समय हुनेछ, आफ्नो टिमलाई तयार पार्ने । सके, अझै राम्रा केही खेलाडी झिकाउने । महिला साफ च्याम्पिनयसिप २०२४ का कारण लिगले अब विश्राम लिनेछ । वालिङ र कोशीले बुझ्नुपर्छ, आफूहरूसामु चुनौतीसँगै अवसर पनि छ ।