काठमाडौं । चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि ‘ट्यालेन्ट हन्ट’ बाट नितिशा महतोलाई छनोट गरेको छ ।
चितवनको पटहिनी कभर्डहलमा सोमबार प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र मार्की खेलाडी अरुणा शाहीको उपस्थिती सम्पन्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममा नितिशाले ३४ प्रतिस्पर्धीलाई पछि पारिन् ।
चितवन मेघौलीकी ५.९ फिट उचाइ भएकी १७ वर्षीया नितिशा श्री जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
यससँगै चितवनको १२ सदस्यीय टोली तयार भएको छ ।
चितवनको टिमः
अरुणा शाही (मार्की), सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, अन्ना डिमित्रीभा (रुस), केपी अनुश्री (भारत), सूर्या सरसुरी (भारत), नितिशा महतो (ट्यालेन्ट हन्ट)