काठमाडौं । मधेश युनाइटेडले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि ‘ट्यालेन्ट हन्ट’ बाट मीना चौधरीलाई छनोट गरेको छ ।
शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकको टोलीले मीनालाई छनोट गर्यो
एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित थिए ।
यससँगै मधेश १२ सदस्यीय टोली तयार पार्ने पहिलो टिम बनेको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ । यसैगरी टोलीले तीन खेलाडी राख्न पाउने व्वस्था छ ।
टोलीले विदेशी कोटमा काजकिस्तानकी कालिनोभा यमजिनिया, ट्युनिसियाकी योस्रा जेरामदिनी र भारतकी जिनी कोभातलाई अनुबन्ध गरेको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
मधेशको टोली
निरुता ठगुन्ना, संगम महतो, शान्तीकला तामाङ,आशिका क्षेत्री, एलिसा मानन्धर, पूजा थारु, जसना महतो, हीरा केसी, कालिनोभा यमजिनिया, योस्रा जेरामदिनी, जिनी कोभात र मीना चौधरी